भक्तपुर एन्फाको आयोजनामा काठमाडौंमा २०७८ कार्तिक ४ गतेबाट सुरु भएको उपमेयर कप महिला फुटबल प्रतियोगितामा भक्तपुर नगरपालिका टिम विजयी भएको छ । भक्तपुर नगरपालिकाबाट सहभागी टीम र पुतलीबजार नगरपालिकासँग मंगलबार बिहान भएको खेलमा १ का विरुद्ध ८ गोल गरी भक्तपुर नपाले विजय हासिल गरेको छ ।
उक्त खेलमा भक्तपुर नपाको टीमका खेलाडीहरु मनिषा बास्कोटाले २ गोल, सीम्रन बास्नेतले २ गोल, करुणा परियारले ३ गोल र अञ्जली मचामसीले १ गोल गरेर जित भक्तपुर नपालाई जीत हासिल गराएको हो । सोही क्रममा भक्तपुर नपा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले म्यान अफ द म्याचको उपाधि हासिल गरेकी भक्तपुर नगरपालिकाका खेलाडी अन्जली मचामसीलाई नगद पुरस्कारसहित मायाको चिनो प्रदान गरे । साथै भक्तपुर नपा खेलकुद समितिका संयोजक एवम् वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले आयोजक एन्फालाई नगरपालिकाकोतर्फबाट मयुरको झ्याल मायाको चिनोको रुपमा प्रदान गरेको नगरपालिकाले जनाएको छ ।


...

All Comments.......


Please Login/Register To Comments