भक्तपुर । भक्तपुर नगरपालिकाको सहकारी संस्था अनुगमन समितिका सदस्य हरि रत्न गोर्खालीको संयोजकत्वमा गःपलीमा रहेको प्रस्तुति बहुउद्देश्यीय सहकारी संस्थामा बुधबार अनुगमन गरियो ।
अनुगमनमा नगरपालिकाको स्वीकृति विना उक्त सहकारी संचालन गरेको पाइएको अनुगमनमा संलग्न हरिरत्न गोर्खालीले बताए । उनले काठमाडौं न्युरोड मुख्य कार्यालय हुने गरी प्रदेशबाट स्वीकृति दिएता पनि स्थानीय ८० प्रतिशत हुनुपर्ने बताउँदै विनियममा उल्लेखित कार्य गर्न प्रचलित कानून बमोजिम इज्जाजत लिनुपर्ने वा सम्झौता गर्नुपर्ने भएमा सम्बन्धित निकायबाट इज्जाजत लिई वा सम्झौता गरी सोको जानकारी विभागवा कार्यालयलाई गराएपछि मात्र संघसंस्थाको विनियममा उल्लेखित कार्यहरु गर्न सकिने भएकोले स्थानीय तहको स्विकति विना संचालन गर्न नपाउने भएकोले बन्द गर्न निर्देशन दिए । उनले संस्थाको कुल सदस्य संख्याको पहिलो एक हजार पछिको पत्येक हजारमा एकवटाका दरले सेवा केन्द्र खोल्न पाउने र सेवा केन्द्रको लागि रजिष्ट्रारको अनुमति लिनुपर्ने भएता पनि दर्ता भएको चार महिनापछि २६६ जना सदस्य भएको बहुउद्देश्यीय सहकारी भक्तपुरमा सेवा केन्द्र खोल्न नपाउने र बन्द गर्न भक्तपुर नगरपालिकाले तीन पटक सूचना निकाली सकेको बताए । उनले सहकारी के हो ? काम के गर्छ ? के के कसुर हुन्छ ? कानुनको जानकारी राख्नुपर्ने बताउँदै गलत सूचनाले सहकारी दर्ता गरेको हो कि भनी प्रतिप्रश्न गरे । उनले शिक्षा, सरसफाई, सम्पदा जस्तै सहकारीमा पनि राम्रो गर्ने प्रमुखज्यूको निर्देशनमा अनुगमन गरिरहेको बताउँदै सहकारी ऐन अनुसार सुरुमा एक वटा वडामात्रै स्वीकृति हुनुपर्नेमा उपत्यका स्वीकृति दिनु र २००० हजार सदस्य बराबर एक वटा सहकारी नीति अनुसार सहकरी मर्जरमा पठाइरहेको र एक सदस्य एक सहकारी समेतलाई उल्लंघन गरी प्रदेश सहकारीको लापर्वाही भएको बताए । उनले सहकारीमा विचौलिया अन्त्य गरी सहकारी मुल्यमान्यता ऐन अनुसार समुदायमा आधारित वा केही व्यक्तिलाई पोस्ने गरी इच्छाराज तामाङले जस्तै अर्ब रकम हिनामिना गरे जस्तै संचालन गर्ने त्यसमा ध्यान दिनुपर्ने बताए ।
अनुगमनमा अनुगमन समितिका सदस्य श्याम मातांले सेवा केन्द्र खोल्न रजिष्ट्रारबाट अनुमति लिनुपर्ने र एउटा घरमा दुई वटा सहकारी नराख्ने प्रतिवद्धताका साथ संस्था दर्ता गरेता पनि एक भन्दा बढी सहकारी भएको घरमा सेवा केन्द्र खोलिराखेको पाइएको बताए । उनले नगरपालिकाको स्वीकृति बिना संचालन भएको यस्ता सहकारीहरु भागे नगरपालिकाले जिम्मेवारी लिन अप्ठ्यारो हुने भएकोले नगरपालिकाको स्वीकृति बिना संचालित सहकारीमा रकम जम्मा नगर्न समेत अनुगरोध गरे ।
प्रदेश सहकारी नियमावली २०७६ अनुसार सदस्य सेवा केन्द्र वा सम्पर्क कार्यालय खोल्न र संचालन गर्न रजिष्ट्रारबाट अनुमति लिनुपर्ने, साधारण सभाबाट स्पष्ट निर्णय भएको हुनुपर्ने, कुल सदस्य संख्याको पहिलो एक हजार पछिको प्रयेक हजारमा एक वटाका दरले सेवा केन्द्र वा सम्पर्क कार्यालय खोल्न सकिने, शेयर पुँजी कम्तिमा एक करोड पचास लाख हुनुपर्ने, पुँजीकोष र वचतको अनुपात १ः१५ हुनुपर्ने, संचालन हुने सेवा केन्द्र वा सम्पर्क कार्यालयबाट सेवा प्राप्त गर्ने सदस्यको माग निवेदन आउनुपर्ने, सम्बन्धित स्थानीय तहको सहमति पत्र र सम्बन्धित जिल्ला संघको सिफारिस पत्र हुनुपर्ने ऐनमा भएको र उक्त संस्थाको संचालक समितिमा अध्यक्ष तेजनारायण श्रेष्ठ, उपाध्यक्ष मिलन सुवाल, सचिव ज्योति जंगम, सचिव राजेशबहादुर श्रेष्ठ, सदस्यहरुमा राजेश खोतेजा, कुश श्रेष्ठ, शुशिला गणेश र लेखा सुपरिवेक्षण समिति संयोजक प्रभुकृष्ण श्रेष्ठ, विक्रम साखकर्मी, मनिष श्रेष्ठ रहेको वडा निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिए ।
सहकारी संस्था अनुगमनमा समिति सदस्य जितेन्द्र मुनांकर्मी, हरिरत्न गोर्खाली, श्याम मातां, रञ्जना त्वाती र भनपा सहकारी प्रमुख रेभिड कुस्मा र वडा निरिक्षक रामकृष्ण प्रजापतिको सहभागी रहेको थियो ।


...

All Comments.......


Please Login/Register To Comments