भक्तपुर । बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको निमन्त्रणामा विहीबार नेपाल पुगेका स्पेनका सभामुख ब्लान्का मार्टिन डेल्गाडोको नेतृत्वमा २४ सदस्यीय प्रतिनिधिमण्डल अहिले भक्तपुर आउँंदै छन । यसअघि प्रतिनिधिमण्डल विहीबार विहान काठमाडौँ आइपुगेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख श्रेष्ठलगायत प्रदेशसभा सचिव, परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले स्वागत गरेका थिए।
प्रतिनिधिमण्डल अहिले चार बजे भक्तपुर आइपुग्ने कार्यक्रम छ । उनीहरुलाई दरवार स्क्वारमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलगायतको टोलीले स्वागत गर्ने कार्यक्रम छ । उनीहरुले भक्तपुर नगरका विभिन्न ठाउँंहरुको अवलोकन भ्रमण गर्ने जनाइएको छ ।
प्रतिनिधिमण्डलमा त्यहाँका प्रदेशमन्त्री, मेयर, व्यापारीहरु सहभागी छन्। छ दिनको भ्रमणमा आएको स्पेनी प्रतिनिधिमण्डलले नेपालमा रहँदा विभिन्न विशिष्ट व्यक्तित्वहरुसँग भेटवार्ता गर्नुका साथै विभिन्न धार्मिकस्थलको अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको प्रदेशका सचिव कृष्णहरि खड्काले जानकारी दिए। उनका अनुसार स्पेनी प्रतिनिधिमण्डलले भक्तपुरका साथै पाटन दरबार क्षेत्र, स्वयम्भूनाथको अवलोकन भ्रमण गर्नुका साथै लुम्बिनीमा आयोजित कार्यक्रममा सहभागी हुने र बौद्धनाथमा भिक्षुहरुसहित दीपप्रज्वलन गर्ने कार्यक्रम रहेको छ।
भ्रमण टोली नेपालमा रहँदा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र अर्का पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्नेछ। यस्तै परराष्ट्रमन्त्री डा नारायण खड्का र शिक्षामन्त्री देवेन्द्र पौडेलसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ। स्पेनी प्रतिनिधिमण्डल यही कात्तिक १६ गते स्पेन प्रस्थान गर्ने छ।

...

All Comments.......


Please Login/Register To Comments