बैकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ
भक्तपुर । बैकिङ कसुर मुद्दाका फरार भएका मधुराम प्रधानाङ्गलाई प्रहरीले सोमबार पक्राउ गरेकोे छ । भक्तपुर नगरपालिका ५ घर भई हाल सूर्यविनायक नगरपालिका वडा नं ५ सल्लाघारी वस्ने वर्ष ५८ का मधुराम प्रधानांग पक्राउ परेका हुन् । उनलाई २०७६ माघ २७ गते ५ दिन कैद  र ६,९६,१०० (अक्षरुपी ६ लाख छयानब्बे हजार एकसय) जरिवाना फैसला भएला गरिएको थियो । फैसलापछि फरार भएका हुदा परिसरबाट खटाइएको प्रहरी टोलीले प्रक्राउ गरेको भक्तपुर प्रहरी परिसरले जानकारी गराएको छ । साथै जिल्ला अदालतमा पेश गरेको फैसला अनुसार जगन्नागदेवल सुन्धार काठमाडौं पठाउने आदेश भएको जनाइएको छ ।


...

All Comments.......


Please Login/Register To Comments