भक्तपुर । आज भक्तपुरमा नेपाली कांग्रेसको बर्तमान नेतृत्वको असन्तुस्त पक्षहरुको भेला भएका छन् ।
भेलमा उपस्थितहरुले शेरवहादुर देउवाले नेपाली कांग्रेसको नेतृत्व गरेको पुर्ण रुपमा असफल भएको निष्कर्ष निकालेको छ । मुलुकमा नेकपा नेतृत्वको सरकारले गरेको विभिन्न असम्वैधानी कामको विरोध गर्न नसक्नु, भ्रष्टाचार, जातिय विभेदका घटना बढ्नु, प्रेस स्वतन्त्राता माथि आक्रमण हुन, न्यायलय र संवैधानी अगंलाई समेत आक्रमण गर्दा पनि देउवा नेतृत्वको कांग्रेसले कुनै विरोध नजाउनु नै नेतृत्व असफल रहेको उहाँहरुको भनाई छ । भेलामा बिभिन्न जिल्लाका पुर्व सासद, पुर्व जिल्ला सभापति, भातृ संगठनका पुर्व पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
तरुण दलका पुर्व केन्द्रिय अध्यक्ष विनोद कायष्थले अव हुने १४ औं माहधिवेनले नेपाली जनता र नेपाली काँग्रेस कार्यकर्ताहरुको चाहना अनुसार काम गर्न सक्ने नेतृत्वको चयन गर्ने बताउनु भयो । यों माहाधिवेशनले नयाँ विचार र भावना सहितको नेतृत्वको विकास गर्न अवश्यकता रहेको पनि उनले बताए ।

...

All Comments.......


Please Login/Register To Comments