भक्तपुर। भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीमा भिन्तुना ¥याली हुने भएको छ।
नेपाल संवत् ११४२ को अवसरमा ताथलीको प्रगति युवा समाजले कार्तिक १९ गते ¥याली गर्न लागेको हो।
नेपाल संवत्को सम्वद्र्धन र प्रवद्र्धनका लागि विगतमा पनि गर्दै आएको ¥यालीलाई यो वर्ष पनि निरन्तरता दिइएको समाजका अध्यक्ष रबिन बासुकलाले बताए। उनले ¥यालीलाई सफल बनाउन आवश्यक कामहरु तीब्रताका साथ अघि बढाइएको जानकारी दिए।
‘हामीले विगत केही वर्षदेखि गर्दै आएको भिन्तुना ¥यालीलाई यो वर्ष पनि निरन्तरता दिँदैछौं’, समाजका सचिव रवीन्द्र न्हेमाफुकीले भने, ‘यो वर्ष पनि हामी विशेष किसिमले भिन्तुना ¥याली गर्दैछौं।’
सचिव न्हेमाफुकीले समाजको अगुवाईमा स्थानीय गुठी, दाफा भजन, सहकारी, समूह, टीम, उद्योगी, व्यवसायीहरुको सहकार्यमा म्हः पूजाको दिन ताथलीमा भिन्तुना ¥याली गर्दै आएको जानकारी दिए।
नेपाल संवत्लाई राष्ट्रिय संवत्को रुपमा सरकारले मान्यता दिए पनि अझ पनि व्यवहारमा प्रयोगमा नआउँदा नेपाल संवत्बारे रहेको भ्रम हटाउन पनि हरेक वर्ष हुने भिन्तुना ¥यालीले सहयोग पुग्ने बताउँदै उनले ¥यालीका लागि विभिन्न समिति गठन गरिएको जानकारी दिए।
समाजले यो वर्ष ताथलीको सौडौलबाट ¥यालीको सुरुवात गर्ने तयारी गरेको छ। सो स्थानबाट सुरु हुने ¥यालीले भक्तपुरमात्र नभएर काभ्रेको ऐतिहासिक र पुरातात्विक महत्वको नाला बजार पनि परिक्रमा गर्ने भएको छ। यसका साथै ¥यालीले ताथलीका विभिन्न क्षेत्रहरुमात्र नभएर भक्तपुर नगरपालिकाको च्याम्हासिंह क्षेत्र र कमलविनायक क्षेत्रको पनि परिक्रमा गर्ने छ।

...

All Comments.......


Please Login/Register To Comments