भक्तपुर । भक्तपुर चेम्बर अफ कमर्शले नेपाल सम्वत् ११४२ न्हुदं, शुभ दिपावली २०७८ र छठ पर्वको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना ग¥यो । भक्तपुर चेम्बर अफ कमर्शका अध्यक्ष न्हुछेरत्न मानन्धरको सभापतित्वमा भएको उक्त कार्यक्रममा वहांले सहभागीहरुलाई स्वागत गर्नुहुदै समग्र जिल्लाको आर्थिक सामाजिक विकासमा टेवा पु¥याउनु नै संस्थाको प्रमुख उद्देश्य भएको बताउनुभयो ।
सो अवसरमा कार्यक्रमको समुदघाटन गर्नुहुदै प्रमुख अतिथि नेपाल चेम्बर अफ कमर्शका केन्द्रिय अध्यक्ष राजेन्द्र मल्लले सरकार र निजी क्षेत्रको साझेदारीबाट मात्रै आर्थिक समृद्धि सम्भव हुने बताउनुभयो ।
यसैगरी कार्यक्रमका विशेष अतिथि जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी श्री रुद्रादेवी शर्माले व्यवसायीले आर्थिक गतिविधिहरुका अलावा सामाजिक सेवामा समेत योगदान गर्दै आएको कार्य अत्यन्तै सराहनिय रहेको बताउनुभयो ।  
कार्यक्रममा भक्तपुर चेम्बर अफ कमर्शका सल्लाहकार एवं नेपाल चेम्बर अफ कमर्शका केन्द्रिय कार्यसमिति सदस्य रोशन भोयद्यो र भक्तपुर लायन्स सेवा समन्वय समितिका संयोजक विष्णुभक्त मारिखुले शुभकामना मन्तव्य राख्नु भएको थियो । सो क्रममा भक्तपुर चेम्बर अफ कमर्शका कोषाध्यक्ष जगतबहादुर श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
यसैगरी उक्त कार्यक्रममा भक्तपुर चेम्बर अफ कमर्शबाट प्रकाशित स्मारिका आर्थिक सम्वाह २०७८ को विमोचन कार्यक्रमका प्रमुख अतिथ नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्ल र विशेष अतिथि जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले संयुक्त रुपमा गर्नु भएको थियो ।

सोही अवसरमा भक्तपुर चेम्बर अफ कमर्श अन्तर्गत नगर इकाईका रुपमा जिल्लाका चारवटै नगरपालिकाहरुमा गठन भएको नगर चेम्बरका पदाधिकारीहरुलाई प्रमुख अतिथि श्री राजेन्द्र मल्लबाट मनोनयन पत्र प्रदान गर्नुभयो । जस अनुसार भक्तपुर नगर चेम्बरमा श्री रोधे सुन्दर सायजु अध्यक्ष,  रस्मी सिल्पकार, उपाध्यक्ष र अन्य सदस्यहरुमा न्हुछेराम धुख्वा, बालमुकुण्ड प्रधान र विजय हाछेथु रहनु भएको छ । यसैगरी चांगुनारायण नगर चेम्बरमा गोकुलप्रसाद प्रजापति, अध्यक्ष, सुनिता जोन्छें धौभडेल उपाध्यक्ष र अन्य सदस्यहरुमा विक्रम प्रजापति, जीवन मारिखु र रमेश ह्यौमिखा रहनुभएको छ । त्यस्तै सूर्यविनायक नगर चेम्बरमा रामगोपाल सुवाल अध्यक्ष, सुचित्रा श्रेष्ठ उपाध्यक्ष र अन्य सदस्यहरुमा रविनारायण कायष्ठ, नानीबाबु थापा र कृष्णसदन अवाल रहनुभएको छ । मध्यपुरथिमि नगर चेम्बरमा सचिन्द्र श्रेष्ठ अध्यक्ष, उषा प्रजापति, उपाध्यक्षर सदस्यहरुमा पुष्पलाल मानन्धर, रविन्द्रकुमार श्रेष्ठ र प्रविनलाल श्रेष्ठ सदस्य रहनु भएको छ ।
सोही अवसरमा भक्तपुर चेम्बर अफ कमर्शको कार्यसमिति सदस्यमा मनोनित हुनु हुने माधवप्रसाद प्रजापति, ज्ञानेन्द्र मानन्धर र सुरेन्द्र जाकीबन्जारलाई प्रमुख अतिथि राजेन्द्र मल्लले मनोनयन पत्र र चेम्बरको पिन हस्तान्तरण गर्नुभएको थियो ।

...

All Comments.......


Please Login/Register To Comments