भक्तपुर । भक्तपुरको मालपोत कार्यालय अगाडि बिहीबार दिउँंसो आगलागी भएको छ । दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको छ । आगो नियन्त्रणमा लिइसकेपछि अहिले सरसफाईको काम भइरहेको छ ।
ब्रम्हायणीबाट कमलविनायक जाने मालपोत रोडैको मालपोत नजिककैको लाछिमस्यूको घरमा आगलागी भएको हो । बताइए अनुसार लाछिमस्यूको उक्त घरमा मालपोत सम्वन्धि काम गर्ने कार्यालय थियो । त्यस कार्यालयमा साँंझ दीपावलीको बती बालेर कोठा बन्द गरी जाने क्रममा यो आगलागी भएको जनाइएको छ ।
स्थानीयका अनुसार कार्यालमा दीपावली गरेर कोठा बन्द गरी कर्मचारी गएका थिए । घर मालिकहरु पनि त्यस क्रममा अर्कै पुरानो घरमा पुगेका थिए । कर्मचारीहरु दीपावली गरेर गएको केही मिनेटमै आगलागी भएको थाहा भएको बुझिएको छ ।
आगलागीबाट कार्यालयका कागजात, फर्निचरका सामानहरु तथा घरका आल्मुनियमका झ्यालहरु जलेर नष्ट भएका छन् । आगलागीबाट दसौं हजारको भौतिक क्षति भएको अनुमान गरिएको छ ।

...

All Comments.......


Please Login/Register To Comments