कुमार लघु
      कसले तिमीलाई
      नजिक आएर कान थाप्न पर्ने गरे।
       कुरा गर्न आएमा सतर्क रहनुस् ।
फसाउँला यो जमाना खराव छ ,
 खुकुरीले अचानोलाई त
       बाकी राखेन
 हाम्रा नेताहरूले
   जनतालाई त
ऊ वस्ने देशको प्राकृतिक स्रोत
 वेच्न र ठेक्कामा दिन गोप्य वार्ता ग–र्याे रे
 तिमी किन  राजनीतिवाट भाग्छौ ?
राजनीतिलाई छोड्नु हुन्दैन्
हामीले हो राजनीति गर्ने
झुठ बोल्ने होईन्
झुठ राजनीति गर्नेले थातथलो वेच्छ ,
विदेशको होटेलमा लगानी गरी ,
वर्षामा करोडौ डलर कमाउन,
 व्यस्त हाम्रा ठग नेताहरू
 देखि जनता तीन छक्कछन् ,
तिम्रा हितैषीले मौकामा खुट्टा समाउने हो
तिम्रो इमान्दारीता पानीमा मिलाई लिन्छ
तिम्री प्रतीष्ठा मातोमा मिलाई दिनेछ ,
होस पु–र्याउनु खुब करकापले मन खुस्केला !
तिमी अहिले जहाँ छौ ,
त्यही सन्मान र इज्जत दिएको छ ,
तिमी त अर्कालाई सिकाई दिने
सिकाउने अग्रज हो ,
के बिर्सीयौ?
एक पटक चिप्लेपछि
गयो त्यो तिम्रो जीवनको लगानी
हातलाई शून्य होला ,
हेर नवजवानहरू
आफ्नो आमाको दूधखान छोडेर
अर्काको दूधखान हुदैन् ।
त्यो तिम्रो प्रतीष्ठा आफैले सम्हाल ,
अरूलाई सम्हाल्न लगाउने छोड् कोशिस !
देशमा आपतको बेला डटेर लड्नुस् ।
तिम्रो जीवनको मुहार
उति वेला परिक्षण गर्ने छ ।
जनताको आँखा दूरविनसरह छ ,
चुनावको गड्यागुडुङ चल्यो है
आजैवाट तानातान हानाहान शुरू
हेर नवजवानहरू दिमागले सोच
कुन ठाउँमा हो पुरै गाउँ
 विजयको संहारमा रे !
देशलाई जोगाउने तिमी,
हामी नवजवानहरू हो ।
२०७८÷०७÷२३ गते...

All Comments.......


Please Login/Register To Comments