डा.इन्दुल केसी, भक्तपुर
१) बालक
चञ्चले बानी
मायालुका प्रतिक
प्यारो बालक ।

२) जवानी
आँखा जुडाई
प्रणयका खेलाडी
यो हो जवानी ।

३) प्रौढ
अनुभवका
भारि बोक्ने मानव
यो हो है प्रौढ ।

४) बृद्ध
चाउरी गाला
घरभर पाइला
लठ्ठी–सहारा ।

५) जीवन
जनम–मृत्यु
जीवनका आयाम
योग–वियोग ।

...

All Comments.......


Please Login/Register To Comments