भक्तपुर । जय भीमसेन सहकारी संंंस्था लिमिटेड गोल्मढी भक्तपुरको साधारणसभा उदघाटन कार्यक्रममा एमसीसीको विरोध भएको छ । सहकारीको शनिबार विहान भक्तपुरको गोल्मढीमा भएको १४ औं वार्षिक साधारणसभाका बक्ताहरुले एमसीसी नेपालको हित विपरित भएको बताए ।

नेपाल मजदुर किसान पार्टीका केन्द्रिय सदस्य एवं भक्तपुर नगरपालिका वडा नं ७ का वडाअध्यक्ष उकेश कवांले देश र देशवासीलाई दास बनाउने एमसीसी कुनै हालतमा स्वीकार्य नहुने बताए । तीन ठूला राजनीतिक दल नेपाली कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरु एमसीसीको पक्षमा रहेको भन्दै उनले यी ठूला दलहरुले जुनसुकै समयमा एमसीसी पारितका लागि उत्रने सक्ने भन्दै सचेत रहन सवैसँंग आग्रह गरे । उनले चलिरहेको जनगणणना कार्यक्रममा सक्रियतापूर्वक सहभागी हुन पनि सवैसँंग आग्रह गरे ।

कार्यक्रममा भक्तपुर जिल्ला बचत तथा श्रृण सहकरी संघ लिमिटेडका व्यवस्थापक बालकृष्ण ध्वजू, संस्थाका कानुनी सल्लाहकार रामप्रसाद प्रजापति, संस्थाका सल्लाहकार न्हुछेंभक्त कवां, निवर्तमान अध्यक्ष रत्नबहादुर शिल्पकार, संस्थापक अध्यक्ष गणेशभक्त खिचाजूलगायतले संस्थाको साधारणसभाको शुभकामना व्यक्त गरे । संस्थाका अध्यक्ष रामकाजी शिल्पकारको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि, अतिथिलगायतलाई मायाको चिनो पनि प्रदान गरिएको थियो ।
...

All Comments.......


Please Login/Register To Comments