बिराज अधिकारी   
तनहुँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तनहुँ जलविद्युत आयोजनाको कामको निरीक्षण गरेका छन् ।
कार्यकारी निर्देशकका रुपमा आए पछि उनले एक सय ४० मेगावाटको बहुप्रतिक्षित आयोजनाको कार्यप्रगतिबारे चासो राख्दै कार्यसम्पादनमा इमान्दार भएर काम गर्न मातहतका अधिकारीलाई निर्देशन दिए ।
उनले सामूहिक कार्यबाट मात्र कार्य सम्पन्न गर्न सकिने भन्दै एकतावद्ध भएर समयमै आयोजना पुरा गर्न लाग्न आग्रह गरे । ‘आयोजनाको काम टिम वर्क बाट मात्र सम्पन्न गर्न सकिन्छ,’उनले भने, ‘त्यसैले सबै कर्मचारीहरु एक भएर तोकिएको समयमै आयोजना पुरा गर्न हर सम्भव कृयाशील रहनुस । ’

उनले कुनै समस्या भए आयोजनाका प्रबन्ध संचालक वा आयोजना प्रमुख समक्ष राख्न पनि आग्रह गरे । घिसिङले केवल जागिर खानकै लागि नभै परिणाम आउने गरि काम गर्न पनि आग्रह गरे । ‘धेरै वैदेशिक संस्था हरुले लगानी गरेको आयोजना मा काम गर्न पाउनु तपाईंहरुका लागि महान अवसर हो, यो अरु आयोजनामा पनि काम लाग्छ,’ घिसिङलाई उद्धृत गर्दै आयोजनाका वरिष्ठ प्रशासकिय अधिकृत भोला शर्माले भने ।
कार्यकारी निर्देशक घिसिङ तनहुँ जलविद्युत कम्पनीका नयाँ प्रवन्ध सञ्चालक किरणकुमार श्रेष्ठ, आयोजना प्रमुख अच्युतबाबु घिमिरेसहित प्राधिकरण उच्च अधिकारीका साथ आयोजनाको कामको जानकारी लिन आएका थिए । उनले विद्युतगृह निर्माणस्थलका अलावा बाँध बन्न लागेको क्षेत्रको समेत निरीक्षण गरेको शर्माले जानकारी दिए ।
चिनियाँ कम्पनी सिनो हाइड्रोमार्फत विद्युतगृहको काम भैरहेको आयोजनाको बाँधस्थलका लागि कालिका सोम्दाले पनि काम थाल्दैछ।...

All Comments.......


Please Login/Register To Comments