भक्तपुर । वल्र्ड डाइविटिज डे (विश्व मधुमेह दिवस) को अवसरमा भक्तपुर हर्ड एण्ड डाइविटिक सेन्टरलगायतको संयुक्त आयोजनामा भक्तपुरमा डाइविटिस् ¥याली निकालिएको छ ।
भक्तपुर हर्ड एण्ड डाइविटिक सेन्टरको शाखा सूर्यविनायकबाट ¥याली सुरु गरिएको थियो । ¥याली भक्तपुर नगर परिक्रमा गरी पार्टी भेन्यु सूर्यविनायमा पुगेर टुंगिएको थियो । समापन कार्यक्रममा लायन्स क्लव अफ डिष्ट्रिक ३२५ ए टुका गभर्नर केशव पाण्डे र पाष्ट प्रेसिडेण्ड गभर्नर केपी अवालले बोल्नुभएको थियो ।
भक्तपुर हर्ड एण्ड डाइविटिक सेन्टरसहित लाइन्स क्लव अफ भक्तपुर हर्ट एण्ड डाइविटक सेन्टर, लायन्स क्लव अफ भक्तपुर फर्मासिस्ष्ट, लायन्स क्वल अफ भक्तपुर डक्टर, लान्यस क्लव अफ भक्तपुर नर्स र लियो क्लव अफ भक्तपुर हर्ट ण्ड डाइवेटिक सेन्टरको संयुक्त आयोजनामा ¥याली निकालिएको थियो । डाइवेटिजकोबारे जानकारी दिन ¥याली निकालिएको जनाइएको छ । रोग लागिसकेपछि उपचार गर्नुभन्दा रोग नै लाग्न नदिनु जाति भन्ने भनाईका साथ ¥याली निकालिएको भक्तपुर हर्ड एण्ड डाइविटिज सेन्टरका वीरेन्द्रभक्त प्रधानांगले जानकारी दिनुभयो ।
¥यालीमा स्वप्नशिल बचत तथा श्रृण सहकारी संस्था लिमिडेड, भक्तपुर जेसिस, लायन्स क्वल अफ भक्तपुर तलेजूलगायतकासँंग सम्वन्धित व्यक्तिहरु सहभागी रहनुभएको थियो ।
कार्यक्रम मेडिक फर्मास्युटिकल्स काठमाडौं, वर्क हर्ट फर्मास्युटिकल्स काठमाडौलगायतको सहयोगमा सम्पन्न भएको थियो ।









...

All Comments.......


Please Login/Register To Comments