रामकृष्ण प्रजापति

एमसिसिको रंगमा उन्मात चढेको
शासक नेताहरु पछाडि लागेको
देशलाई उपनिवेश बनाउन आएको
त्यस विरुद्ध लड्न नेपाली उठेको

हस्तक्षेपकारी भूमिका एमसिसिको
सारा नेपाली चिंगारी यहाँको
देश नसम्झनु आफ्नो बाउको
नत्र ज्वाला दन्किन्छ आगोको

नेपाल देश हो नेपालीको
फूर्ति नलगा शासक नेताहरुको
विर्ता नसम्झनु आफ्नो बाउको
एमसिसि विरुद्ध जुलुस आएको

कुचाल तिम्रो डलर मिसिएको
नियन्त्रणमा छैन ¥याल चुहाएको
झोलमा डुबी चोक्ता खान गएको
घर न घाटको चाल एमसिसिको

विषम ज्वर आउने एमसिसिको
अमानवीय छाल विभिन्न देशको
मिल्दैन सहयोग सित्तैमा एमसिसिको
बिष पोतिएको चास्नी साम्राज्यवादको

सार्वभौम सदस्य संयुक्त राष्टसंघको
परराष्ट्र नीति असंलग्न सिद्धान्तको
शान्तिभूमि देश पञ्चशील सिद्धान्तको
नेपाल छैन आवद्ध सैनिक गठबन्धनको

सिरिया, लिविया, इराक, अफगानिस्ताको
भयो दुर्दशा एमसिसिले ती देशहरुको
आऊ रोक्न अमानविय क्षतिको
आऊ संघर्षमा खारेजी एमसिसिको
                     धन्यवाद !


...

All Comments.......


Please Login/Register To Comments