नवलपुर । स्वतन्त्र पत्रकार संघ नेपाल राष्ट्रिय समितिको बैठक सम्पन्न भएको छ  िगण्डकी प्रदेश नवलपुर जिल्ला गैडाकोट नगरपालिकास्थित सहमति सामुदायिक भवनमा “स्वतन्त्र पत्रकार स्वतन्त्रको संदेश, स्वच्छ र सुसुचित समाचार जनतामा सम्पादन” भन्ने नाराकासाथ सम्पन्न भएको छ  िकेन्द्रीय अध्यक्ष के. बि. मसालको अध्यक्षतामा बसेको बैठकमा संघका संस्थापक अध्यक्ष एवं सल्लाहकार कृष्ण प्रसाद बास्तोला, बरिष्ठ उपाध्यक्ष के. बि. सम्राट, कोषाध्यक्ष सलिकग्राम पाण्डे, सल्लाहकार नवराज पहाडी, केन्द्रीय सदस्य प्रेम गिरी, नवलपुर जिल्ला राष्ट्रिय पार्सद द्वय इन्द्र राज पौडेल, भिम प्रसाद शर्माको समुपस्थिति थियो भने नवलपुर जिल्ला सहसचिव लक्ष्मी कडेल, जिल्ला सदस्य संगीता कैनीको उपस्थिति थियो  ियस्तै विशेष उपस्थितिमा पशुपति अन्नपुर्णा आश्रमकी केन्द्रीय सदस्य एवं धार्मिक समितिकी संरक्षक माता भद्रकालीको उपस्थिति थियो
िबैठकमा गत दिनहरुको समिक्षा गर्दै अध्यक्ष मसालले चाडो भन्दा चाडो आफ्नो जिम्मेवारीबाट पन्छिन पाए भन्ने कुरालाई अवगत गर्दै विभिन्न कारणले संघको महाधिवेशन सार्दै आएता पनि अब तोकिएको मितिमा सम्पन्न गर्न सबैलाई आग्रह गर्नुभयो  िसंस्थापक अध्यक्ष एवं सल्लाहकार कृष्ण प्रसाद बास्तोलाले विभिन्न किसिमका कारणबस हाम्रा कार्यक्रमहरु स्थाकित भएता पनि अब हामीले जसरि भएपनि सम्पन्न गर्नेपटि लाग्नुपर्छ भन्दै संस्था अहिले यतिको भएपनि भोलिका दिनहरुमा राज्यले खोज्नुपर्ने बनाउने हामि सबैको दायित्व हो भन्नुभयो  ियस्तै कोषाध्यक्ष सालिकग्राम पाण्डेले मार्ग ११ गते तय हुने महाधिवेशनको मितिलाई आफु घरको श्रीमद्भागवत सप्ताहको कार्यक्रम भएकाले अनुपस्थित हुँदा पनि सम्पन्न हुने भए म राजीखुशी नै छु भन्दै अबका दिनहरुमा साच्चिकै स्वतन्त्रता आभाष दिन आवश्यक बताउनुभयो  िवरिष्ठ उपाध्यक्ष के. बि. सम्राटले स्वतन्त्र पत्रकारका पदाधिकारीहरु आफ्नो जिम्मेवारी बहन नगरी साच्चिकै स्वतन्त्र रहेको समिक्षा गर्दै हामि निर्वाचित भए यता एक वर्ष त्यतिकै बित्यो अर्को वर्ष कार्यक्रमहरु तय गर्दा विश्वोब्यापी रुपमा फैलिएको कोभिड १९ कोरोना भाइरसले तहसनहस बनायो र कार्यक्रम सफल बनाउन सकिएन  ित्यसपछि महाधिवेशन तय हुँदा दैविप्रकोप तथा महामारीकै प्रभावले स्थकित गर्नुपर्दा हामि स्तब्ध छौ  िअबको महाधीवेशन तय भएको तिथि मितिमा जसरि पनि सम्पन्न गर्न स्वतन्त्रका सबै पदाधिकारीहरु जिल्लादेखि राष्ट्रिय समिति लाग्नुपर्नेमा जोड दिनुभयो  ियस्तै सल्लाहकार एवं पुर्व महासचिव नवराज पहाडीले महाधिवेशन प्रमुख अतिथि गण्डकी प्रदेश मुख्यमन्त्रीको समयको सहजतालाई ध्यान दिंदा मार्ग ११ गते नै राख्नुपर्नेमा जोड दिनुभयो  िअन्यथा मार्ग महिनाभरी आफ्नो समय अभाब हुने बताउदै आफु उपस्थित नभए पनि महाधिवेशन सम्पन्न हुन्छ भने मार्ग महिनामा महाधिवेशन राखे हुन्छा भन्नुभयो
िमहाधिवेशनकै समिक्षा गर्दा आजको बैठकले आगामी माघ महिनाको पहिलो हप्ता या दोस्रो हप्तामा सम्पन्न गर्न आआफ्नो जिम्मेवारी गर्न अध्यक्ष के. बि. मसालले पुरस्कारमा लाग्ने खर्च र पुरस्कार म आफुनै व्यहोर्ने जिम्मेवारी लिदै महाधिवेशनमा लाग्ने खर्चमध्ये रु. २० हजार सापटिको रुपमा व्यहोर्ने बताउनु भयो भने वरिष्ठ उपाध्यक्ष के. बि. सम्राट, कोषाध्यक्ष शालिकग्राम पाण्डे, संस्थापक अध्यक्ष एवं सल्लाहकार कृष्ण प्रसाद बास्तोला, सल्लाहकार एवं पुर्व महासचिव नवराज पहाडीले पनि रु. २०÷२० हजार सापटीको रुपमा तय गर्ने निर्णय गरिदै अरु अन्य सबै पदाधिकारीहरुले पनि आफ्नो इच्छानुसार सापटी संचालन गर्ने निर्णय भएको छ भने बैठकको अर्को निर्णय वरिष्ठ उपाध्यक्ष के. बि. सम्राटको संयोजकत्वमा स्वतन्त्र संदेश प्रकाशन गर्ने र यसको प्रकाशन गर्ने जिम्मेवारी दिने निर्णय भएको छ  ियसरि नै महाधिवेशन व्यवस्थापन समितिमा नवलपुर् जिल्लाको मौलाकालीका मन्दिर परिसरमा हुने भएकाले नवलपुर राष्ट्रिय पार्सद इन्द्र राज पौडेलको संयोजकत्वमा सहज हुनेगरी अरु अन्य सदस्य गठन गर्नेगरी संयोजक तोकिएको निर्णय सर्बसम्मत पारित गरियो भने महाधिवेशन प्रतिनिधि प्रत्येक जिल्लाले महाधिवेशनमा सहभागी हुने नहुने एक्किन गरि महाधिवेशन अगाडिनै पठाउन अनुरोध गर्ने पनि निर्णय गरिएको छ  िजिल्ला अधिवेशन नभएका जिल्लाहरुले मार्ग मसान्तसम्म जिल्ला अधिवेशन गरि अधिवेशनको प्रतिवेदन र सो अनुसारको प्रतिनिधि शुल्क संघको बैंक खातामा जम्मा गरि पठाउन अनुरोध गर्ने पनि निर्णय भएको छ  िबैठकमा स्वतन्त्र पत्रकार पदाधिकारीहरुलाई स्वतन्त्र ज्याकेट माता भद्रकाली मार्फत के. बि. सम्राटले वितरण गरिएको थियो
िबैठक समापन पश्चात संस्थापक अध्यक्ष एवं सल्लाहकार कृष्ण प्रसाद बास्तोला, वरिष्ठ उपाध्यक्ष के. बि. सम्राट र माता भद्रकाली मौलाकाली भगवती माताको दर्शन तथा चौथो महाधिवेशन हुने स्थलको अवलोकन तथा निरीक्षण गर्नुभएको थियो  िमौलाकाली माताको प्रांगणमा रहेको गुरुकुल विद्यालयको अवलोकन तथा निरीक्षण गर्दै त्यहाको वस्तुस्थिति बारे सेभ द नेशन अनलाइन टिभीले प्रत्यक्ष प्रसारण गरेको थियो
ि...

All Comments.......


Please Login/Register To Comments