भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको आतिथ्यमा भनपाको आयोजनामा नगरक्षेत्रका अपाड्डता भएका व्यक्ति वा संरक्षकहरुका लागि हस्तकला सामग्री बनाउने सम्बन्धी एक महिने तालिम बुधबारबाट शुरु भयो ।
कार्यक्रममा प्रमुख प्रजापतिले अपाड्डता भएका व्यक्ति वा संरक्षकहरुलाई सीप विकास गरी आत्मनिर्भर हुन प्रेरित गर्नुहुँदै सीप र क्षमता भएको व्यक्ति जुनसुकै ठाउँमा पनि योग्य हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “आधा पाकेको र आधा काँचो वस्तु काम लाग्दैन । कुनै पनि सीप वा विषयमा निपुण व्यक्ति सक्षम हुन्छ ।”
आपूmले सिकेको सीपलाई पूर्ण सदुपयोग गरी सोही विषयमा पारड्डत हुन एडभान्स कोर्स गर्नुपर्ने धारणा राख्नुहुँदै प्रमुख प्रजापतिले तालिम प्राप्त अपाड्डता भएका व्यक्तिले अन्य व्यक्तिले जस्तै रोजगारी प्राप्त गरी समाजमा उदाहरणीय कार्य गर्न सक्नेमा विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “समय मूल्यवान छ । सही समयमा सिकेको सीपले जीवन परिवर्तन गर्न सक्छ । समयलेनै व्यक्तिलाई अवसर प्रदान गर्दछ ।”
कार्यक्रमका सभापति एवं उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाले स्थानीय सरकारको रुपमा जनताको नजिक रहेर कार्य गरिरहेको उल्लेख गर्नुहुँदै अपाड्डता भएका व्यक्तिहरुलाई लक्षित गरी नपाले अपाड्डता दिवसको अवसर पारी हरेक वर्ष ह्विल चियर, ट्वाइलेट चियर, सेतो छडी लगायतका सहायक सामग्रीहरु वितरण गरिरहेको तथा स्वास्थ्य शिविरहरु सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।
उहाँले भनपाको वार्षिक योजनामा हस्तकलाका सामग्रीहरु विक्री गर्ने कोसेली घर सञ्चालन गर्ने र हस्तकलाग्राम सञ्चालन गर्ने लक्ष्य रहेको उल्लेख गर्नुहुँदै भनपाको आयोजनमा हुने एक महिने हस्तकला तालिम उपलब्धीमूलक हुनेमा विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रमा प्रशिक्षक हिमालयश्वर लाल मूलले भक्तपुर नगरपालिकाले अपाड्डता भएका व्यक्ति वा संरक्षण्कहरुलाई हस्तकला तालिम सञ्चालन गर्न लागेकोेमा खुशी व्यक्त गर्नुहुँदैै तालिमले अपाड्डता भएका व्यक्ति र अभिभावकहरुलाई आर्थिक भार कम गराउन तथा रोजगारी अभिवृद्धि गर्न तालिम उपयोगी हुने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा कार्यपालिका सदस्य एवं अपाड्डता समन्वय समितिका सदस्य रोशनमैंया सुवालले समन्वय समितिले गरिरहेको गतिविधिहरुको बारेमा जानकारी दिनुहुँदै अपाड्डता भएका व्यक्ति र परिवारलाई क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ हस्तकला तालिम सञ्चालन गरिएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले अन्तर्राष्ट्रिय अपाड्डता दिवसको अवसरमा अपाड्डता भएका व्यक्तिहरुलाई लक्षित गरी स्वास्थ्य शिविर र खेलकुद प्रतियोगिता हुने जानकारी दिनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि प्रजापतिले प्रशिक्षक मूललाई हस्तकलाका तालिम सामग्रीहरु हस्तान्तरण गरी तालिमको उद्घाटन गर्नुभएको थियो ।

...

All Comments.......


Please Login/Register To Comments