मध्यपुर थिमि । मुलुकमा बढ्दै गईरहेको मधुमेह रोग सम्बन्धी जनचेतना
जगाउने उद्देश्यले आजदेखि मध्यपुर थिमिमा विभिन्न स्थानहरुमा निःशुल्क मधुमेह
सम्बन्धी स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
मध्यपुर थिमि नगरपालिका, धुलिखेल अस्पताल, लायन्स क्लव तथा रोटरी क्लव
अफ मध्यपुर थिमिको संयुक्त रुपमा सञ्चालित एक हप्ते शिविरको आज मंसिर २
गते विहिवार बोडे स्थास्थ्य चौकी बोडेमा मधुमेह सम्बन्धी
स्थानीयबासिन्दाहरुलाई जनचेतना जगाउनुका साथै रगत परिक्षण गरेको कार्यक्रम
संयोजक एवं अस्पतालका डाक्टर तथा रोटरी क्लवका सदस्य डा. दिलिप प्रजापतिले
जानकारी दिनुभएको छ ।
डा. प्रजापतिकै नेतृत्वमा सम्पन्न आज भएकोे पहिलो दिनको शिविरमा ५१ जना
बोडेका स्थानीयबासिन्दाहरुको निःशुल्क रगत परिक्षण समेत गरेको थियो ।
यसैगरी क्लवका अध्यक्ष बिनोदबाबु बज्राचार्र्यले भोली ३ गते शुक्रवार
बालकुमारी स्वास्थ्य चौकीमा, ५ गते आईतवार थिमि स्वास्थ्य चौकीमा, ६ गते
सोमबार नगदेश स्वास्थ्य चौकी र ७ गते मंगलवार लौहकन्थली स्वास्थ्य चौकीमा
मधुमेह सम्बन्धी रगत जाँच गरिने र उक्त शिविरमा आफुनो रगतको जाँच गराउन
समेत स्थानीयबासिन्दहरुमा आग्रह गर्नुभएको छ ।
यसैगरी क्लवले यहि मंसिर ३, ५ र ६ गते तीन दिन निःशुल्क दन्त शिविर समेत
गर्ने जनाएको छ ।

...

All Comments.......


Please Login/Register To Comments