पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार काठमाडौं दरवार क्षेत्रस्थित काष्ठमण्डपको अवलोकन गर्न पुगेका छन् । दिउँंसो झण्डै साढे १२ बजेदेखि साढे एक बजेसम्म करिव एक घण्टा उनी त्यहाँं पुगर काष्ठमण्डपको अवलोकन भ्रमण गरेका थिए । ओली पत्नी राधिकासहित काष्ठमण्डप पुगेका थिए । महाभूकम्पले भत्केको काष्ठमण्डप अहिले पुननिर्माणको अन्तिम चरणमा छ । काठमाडौं महानगरपालिकाले काष्ठमण्डपको पुननिर्माण गरिरहेको हो । पछिल्लो पटक ओली सरकार प्रधानमन्त्री भएको बेला ओली सरकारको दोश्रो मन्त्रिपरिषद्को बैठकले काष्ठमण्डप पुननिर्माण गर्ने निर्णय भएको थियो । त्यही अनुसार आफनो पालामा भएको काष्ठमण्डपको निर्माण कार्य हेर्ने ओली त्यहाँं आएको बताइएको छ ।  
काष्ठमण्डपमा पुगेपछि सुरुमा ओलीलाई स्थानीयले काष्ठमण्डपबारे जानकारी गराएका थिए । त्यसपछि ओलीले केही मिनेट भाषण गरेका थिए । त्यसपछि ओली अग्लो सिढी चढेर माथि उक्ली माथिसम्म हेर्न पुगेका थिए । अग्लो सिढी चढ्न र झर्न उनलाई सहयोगीहरुले सहयोग गरेका थिए । त्यसपछि सर्वसाधारणलाई सवारी प्रवेशमा निशेधित (तर भीआईपीलाई खुल्ला गर्ने) वसन्तपुर दरवार क्षेत्रबाट गाडीमा चढेर ओली पत्निसहित फर्किएका थिए ।    

...

All Comments.......


Please Login/Register To Comments