लेखक ः कुमार लघु
अब गणतन्त्र पछि के ल्याउँला ?
जनताको आजु हो,समाजवाद रे !
यी नेताहरू लोकतन्त्रकामा लट्पट्एकाछन्
सवै नेताहरू गणतन्त्रमा सुखि भएका छन्
देसका सवै जनताहरू दुस्खी भएकाछन्
कतै पहिरो, कतै जलमग्न ,पुल बगायो
नेताहरू मजवूट आवासमा मख्ख मै रमायो
कतिले आवास,परिवार,मोटर र समप्ती गुमायो
वेहाल छन् नखान पाउँनु, डुव्यो सारा
युध्दमा मिठा सपना,सुख सयलका कुराले
आज आङ्गनमा, पिडिमा आमा वुवा वेहाल
नौ जवान छोरा र छोरी घर फर्किएन ?
त्यो प्यूठान ,सल्यान र दाङको पाखा पर्वत रितिए युवा
युवाहरू आसैआसमा जवानी बेर्थ थानीरहेटन्
आमावुवा मात्र होईन देस रोदनमा भौतारिए
गाईको घाऊ कागलाई के थाहा टोकेको छ
आज त्यो सपना बाँड्नेहरू अरव पट्टि भए
युध्दको कुरालिई हिजोको मार्च पासमा खटे्न ?बुबाआमा पिँढीमा छोरा र छोरीआउँने आसमा
छाती पिती लामो बाटोको हेराईमा आँखा रसाई
त्यो समाजवाद र कम्यूनिष्टको व्याखा गर्ने खोई ?
जनतालाई झूठ वोल्ने के कम्यूनिष्ट होला र ?
हे दैव , जनतालाई यसरी ठग्नेले ल्याउँला ?
कम्यूनिष्ट शासन सुख अनि जनताको स्वर्ग
नक्कली कम्यूनिष्टहरू मिठामिठा कुरा लिई
जनताले हर हिसाब त्यस्तासंग वसझनु पर्छ ल
गहभरी आँसु राखेर रूनेलाई के छ कमरेड
त्यो युध्दको हिसाब मिलान के त्यो  सम्झौतामा रे
जनताले के पाउँन वाकी छ ,नेताले पाए पुगियो?
देसको निम्ति लड्ने नौ जवानको मुटु चिरीयो
अगामी दिन त्यस्ता नेतासंग आपतवेलामा हेरौ
अबलाई जनताका छोरा र छोरीले विस्वास गर्ने ?
नहुनु मामाको सत्तामा काम लाग्ने कानो नेता
क्रान्तिमा के के सम्झौतामा गर्ने स्पष्ट हुनपर्छ
हुनुपर्छ त्यो खाका नभई नहुने छरस्पष्ट है
समाजवाद त्यति सजिलो आउने वाला छैन !
घनघोर उठलपुठ्ल भई पारी मात्र आउनेछन्
एक पटकको युध्दले समाजवाद आउने होईन
साँचिको सघर्षको क्रान्तिको बेला थाहा हुन्छ ?
समाजवाद सजिलो तवरले आउँनेछैन् ,
क्रान्तिको वेला पुस्तौपुस्ताले सघर्ष गर्नु पर्नेछ
तब मात्र सच्चा नेता भए समाजवाद आउँनेछ
नत्र हाड र छालाले मात्र दुस् ख पाउनेछन्
सम्पूर्ण जनता एक भएमात्र सपना पूरा हुन्छ ।

...

All Comments.......


Please Login/Register To Comments