काठमाडौं । ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) को २४ औं केन्द्रीय साधारणसभा तथा १० औं अधिवेशन मिडिया एलायन्स नेपालका अध्यक्ष तथा एभिन्यूज टेलिभिजनका कार्यकारी अध्यक्ष एवं ब्लोदानका संरक्षक भाष्करराज राजकर्णिकारज्यूको प्रमुख आतिथ्यता तथा केन्द्रीय अध्यक्ष ई. सानुबाबु प्रजापतिको सभापतित्वमा काठमाडौंमा सम्पन्न भयो ।
सो सभाका अन्य अतिथिहरुमा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यसमितिका उपाध्यक्ष शर्मिला कार्की, केन्द्रीय रक्तसंचार सेवाका निर्देशक दिव्यराज पौडेल, काठमाडौं बचत तथा ऋण सहकारी संस्था लि. (कास्कून) का अध्यक्ष दिपक पनेरु ब्लोदानका संस्थापक तथा वरिष्ठ सल्लाहकार सूर्यकुमारी श्रेष्ठ लगायत ब्लोदानका जिल्ला अध्यक्ष तथा सल्लाहकारहरु रहेको थियो ।
कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि भाष्करराज राजकणिकारले ब्लोदानले रगत तथा रक्तदान जस्तो मानवीय कार्यमा विगत तीन दशक अगाडिदेखि निरन्तररुपमा गर्दै आइरहेको कार्यहरु स्वयंसेवी रक्तदानको क्षेत्रमा महत्वपूर्ण योगदान रहेको भन्दै सन्तुष्टि जनाउँदै मुक्तकण्ठले प्रशंसा गर्नुभएको थियो । उहाँले यस क्षेत्रमा लागिरहेको ब्लोदानलाई सबै क्षेत्रबाट साथ र सहयोग हुनुपर्ने बताउँदै आफुले पनि सक्दो सहयोग गर्ने बताउनुभयो ।
सो कार्यक्रम शुभकामना मन्तव्य राख्नुहुँदै नेरेसो केन्द्रीय कार्यसमितिका उपाध्यक्ष शर्मिला कार्कीले नेपाल रेडक्रस सोसाइटीले गर्दै आइरहेको महत्वपूर्ण कार्यहरु मध्ये रक्तसंचार सेवा अग्रपंक्तिमा रहेको बताउनु हुँदै यसलाई व्यवस्थित गर्दै लैजान ब्लोदानको साथ र सहयोग महत्वपूर्ण रहेको बताउनु भयो र यस कार्यलाई अगाडि बढाउन सक्दो सहयोग रहने पनि बताउनुभयो ।
ब्लोदानका संस्थापक तथा वरिष्ठ सल्लाहकार सूर्यकुमारी श्रेष्ठले ब्लोदानले गर्दै आइरहेको कार्यहरुलाई अझ सशक्त ढङ्गले अगाडि बढाउनुपर्नेतर्फ जोड दिनुहुँदै यस क्षेत्रमा महिलाहरुलाई अझ सक्रियरुपमा अगाडि बढाउन विद्यालयस्तरका विशेष गरी महिला विद्यार्थीहरुबीच उत्प्रेरणामूलक कार्यक्रम संचालनको लागि अक्षय कोष स्थापना गर्न स्व. दिलकुमारी श्रेष्ठ ‘मेची आमा’ को सम्झनामा रु. १,०१,०००÷–  सहयोग गर्नुभएको थियो ।

कार्यक्रममा बोल्नुहुँदै सभापति तथा ब्लोदानका केन्द्रीय अध्यक्ष ई. सानुबाबु प्रजापतिले तत्कालिन समयमा पेशेवर रक्तदाताहरु रहेको अवस्थामा स्व. शरद कसाःले विभिन्न संस्घसंस्थाका प्रतिनिधिहरुको सहभागितामा स्थापना गरिएको यस संस्थाले विभिन्न आरोह÷अवरोह पार गर्दै यस अवस्थासम्म आइपुगेको र अझ पनि सुलभ तरिकाले आवश्यक रगत व्यवस्थापनमा कठिनाइ भइरहेको अवस्थामा विभिन्न सरोकार निकायहरुसंग समन्वय गर्दै सक्रियरुपमा अगाडि बढ्नु जरुरी रहेको बताउनु हुंदै ब्लोदानलाई साथ सहयोग तथा माया गर्नुहुने सम्पूर्ण व्यक्ति तथा संघसंस्थाहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
सोही अवसरमा ब्लोदान बुलेटिनको प्रमुख अतिथीबाट विमोचन गरिएको थियो । सो बुलेटिनको संयोजन तथा सम्पादन केन्द्रीय कोषाध्यक्ष मचाकाजी महर्जनले गर्नुभएको हो ।
सोही कार्यक्रममा रक्तसंचार सेवामा पु¥याउनु भएको योगदानलाई कदर गर्दै परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालका रक्तसंचार सेवा प्रमुख परशुराम दाहाललाई सम्मान गरिएको थियो भने ब्लोदानका सल्लाहकार तथा पूर्व उपाध्यक्ष रमेशध्वज बस्नेतलाई तथा ब्लोदानका केन्द्रीय सदस्य शंकर महर्जनलाई ब्लोदान अफ दि इयरबाट सम्मान गरिएको थियो । साथै ब्लोदानको आह्वानलाई सहर्ष स्वीकार गर्दै बिदाका दिन बाहेक हरेक बुद्धबार रक्तदान कार्यक्रम संचालन गर्दै आएकोमा काठमाडौं बचत तथा ऋण सहकारी संघ (कास्कून) तथा ब्लड फण्डमा सहयोग गर्नुहुने पूर्व संचार मन्त्री मोहबहादुर बस्नेत तथा ब्लोदानका महासचिव केशब महर्जनलाई पनि प्रमुख अतिथिबाट सम्मान गरिएको  थियो । साथै ब्लड फण्डको लागि ब्लोदानका केन्द्रीय सदस्य धर्मभक्त प्रधान, ब्लोदानका पूर्व उपाध्यक्ष दिव्यमणी दिक्षित, ब्लोदान काठमाडौं जिल्ला शंखरापुर नगर समितिका अध्यक्ष गौरिनाथ श्रेष्ठ तथा खास्ती नेवाः पुचःका राधिका श्रेष्ठले सहयोग प्रदान गर्नुभयो ।
ब्लोदानका केन्द्रीय सचिव उज्वल के.सी.ले संचालन गर्नुभएको सो कार्यक्रममा केन्द्रीय उपाध्यक्ष शुभद्रा खड्काले स्वागत मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रमको बन्द सत्रमा महासचिव केशब महर्जन तथा कोषाध्यक्ष मचाकाजी महर्जनले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन तथा आर्थिक प्रतिवेदन माथि सामान्य छलफल पश्चात अनुमोदन गरिएको थियो ।

...

All Comments.......


Please Login/Register To Comments