भक्तपुर , ५ मंसिर । नेपाल मजदुर किसान पार्टीको एमसिसिबिरुद्ध जनजागरण अभियान अन्तर्गत लमजुङको बेशिसहरमा कोणसभा र पर्चा वितरण कार्यक्रम एक समारोहबीच आइतबार सम्पन्न भयो।
कार्यक्रममा नेक्रायुसंघका रामकृष्ण प्रजापतिले विकासशील देसमा ठूला पुर्वाधार निर्माणमा साझेदारको नाममा सिक्किम देश पृथ्वीको भुगोलबाट समाप्त गरे जस्तै नेपाललाई पनि समाप्त गर्न आएको बताउनुभयो । उहाँले भारतमा इष्ट इण्डिया कम्पनीको ब्यापार गर्ने नाममा आइ सयौं वर्ष उपनिवेश बनाएको इतिहास छ त्यसरी नै नेपालीलाई तहसनहस गर्न आएको बताउनुभयो । उहाँले एमसिसि इण्डोप्यासिफिक सैनिक गठबन्धन भएको बताउँदै नेपाल असंलग्न राष्ट्र र पन्चशील सिध्दान्त विपरित भएकोले खारेज गर्नुपर्ने बताउनुभयो । उहाँले एमसिसिले निकारागुवा र तान्जनियामा चुनाव धाधलीको नाममा र घानामा ट्रन्समिशन प्रसारण लाइनमा हस्तक्षेप गरेको इतिहास समेत भएकोले एमसिसिले नेपालमा पनि हस्तक्षेप गर्ने निश्चित छ भन्नुभयो ।उहाँले एमसिसि सम्झौताको बेला नै उतर कोरियाको विरोध र चीनको तिब्बतमा दलाइ लामाको समर्थन गर्नुपर्ने सर्तले नै यो सहयोग होइन हस्तक्षेप गर्न आएको र यसैबाट प्रस्त हुन्छ एमसिसि चास्नी पोतिएको बिष भएको  बताउनुभयो । उहाँले चीन उदाउँदो शक्ति रुपमा अगाडि आएको र अफ्रिकी देशहरुलाई सहयोगले तिरमिराएर अमेरिकाले एमसिसि सहयोगको नाममा एसियामा युध्द थुपार्न चाहेको बताउनुभयो। उहाँले संसदबाट पास गर्न दबाब आइरहेको समाचारले संसदले पास भएको खण्डमा एमसिसिको बाँझिएको हकमा एमसिसिको बुदा लागू हुने दफाले देश समाप्त हुनेमा आशंका व्यक्त गर्नुभयो।
कार्यक्रममा नेक्रायुसंघका रमेश बैद्यले पनि बोल्नु भया ेभन्ने पर्चा वितरण समेत गरियो । त्यस्तै घलेगाउँमा पनि पर्चा बितरण गरेको थियो।

...

All Comments.......


Please Login/Register To Comments