कवि र कविता
  • Post Date 2021-11-22 08:14:44

डा इन्दुल केसी
बेथिती र बिसंगतिले सबै वाक्क छ, दिक्क छ
यसै विषयमा कवि एउटा कविता रचना गर्छ । १ ।

कविता सिर्जना भएपछि श्रवण गर्ने श्रोता खोज्छ
हिजोका साहित्य अनुरागीहरुसित जम्का भेट हुन्छ । २ ।

कविजी सुनाउन थाल्छ अब त्यही कविता
श्रोता भन्छ, कविता होइन, हामीलाई चाहिन्छ नोटको बिटा । ३ ।

हामी श्रोतालाई शुल्क नभै कविता सुन्न फुर्सद छैन
सुनाऊ यो कविता, रित्तो भित्ताको पनि कान हुन्छ । ४ ।

अथक परिश्रम र लगानीको पुस्तक के वितरण निःशुल्क ?
कसले हेर्ने – पढ्ने, फुर्सद कहाँ तिरेर पुस्तकको शुल्क ? । ५ ।

कान तताएर केवल कविता सुनेर
पेट भर्दैनन् कविजी जानुस् यति बुझेर । ६।

यो केवल कविता होइन श्रोताको कथा हो
नेपाली साहित्य सर्जकहरुको व्यथा हो । ७ ।

बेथिती र विसंगतिले सबै वाक्क छ, दिक्क छ
वर्तमान नेपालको यो एउटा यथार्थ चित्रण हो । ८ ।
     २०७८÷०८÷०६

...

All Comments.......


Please Login/Register To Comments