भक्तपुर । १० औं राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजस्व कार्यालय भक्तपुरको आयोजनामा कर सम्बन्धी अन्तरक्रिया कार्यक्रम भक्तपुर उद्योग वाणिज्य संघसितको सहकार्यमा संघको सभाहलमा सम्पन्न भयो ।
कार्यक्रममा संघका अध्यक्ष श्री शिव प्रसाद मानन्धरले आफ्नो मन्तव्य राख्ने क्रममा आन्तरिक राजस्व कार्यालय र संघबीच सहकार्य गरी यस प्रकारको कर शिक्षा र जानकारीमूलक कार्यक्रमहरुलाई निरन्तरता दिनाले स्थानीय उद्यमी व्यवसायीहरुमा कर सम्बन्धी सकारात्मक सन्देश प्रवाह हुने विश्वास व्यक्त गर्नु भयो । कर सम्बन्धी जानकारीको अभावमा व्यवसायीहरु अल्मलिने गरेको अनुभव सुनाउँदै पर्याप्त जानकारी पाएको खण्डमा कर देखि त्रसित नहुने पनि बताउनु भयो ।
कार्यक्रममा मन्तव्य राख्दै प्रमुख कर अधिकृत श्री तारा प्रसाद भुसालले राष्ट्रिय कर दिवसको अवसरमा भक्तपुरको नीजि क्षेत्रको सशक्त संस्था भक्तपुर उद्योग वाणिज्य संघसित सहकार्य गर्न पाउँदा खुशी लागेको बताउनु भयो । राज्यको वित्तीय व्यवस्थापनमा आन्तरिक श्रोत अन्तर्गत राजस्वको महत्वपूर्ण भूमिका हुने भएकोले विकास र समृद्धिमा यसको उल्लेख्य योगदान रहने कुरा बताउनु भयो ।   
कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष श्री रोशनी मैयाँ धौबञ्जा, मझौला तथा साना उद्योग संघ भक्तपुरका अध्यक्ष एवं संघका कार्य समिति सदस्य श्री विश्वराम दुवालले पनि कर सम्बन्धी समस्या र समाधान बारे आआफ्नो बिचार राख्नु भएको थियो । सो अन्तरक्रियामा भक्तपुर जिल्लाका विभिन्न बस्तुगत संघ, नगर उद्योग वाणिज्य संघ तथा भक्तपुर उद्योग वाणिज्य संघका कार्य समिति सदस्यहरुको सहभागिता रहेको थियो ।

...

All Comments.......


Please Login/Register To Comments