घटना बिवरण : मिति २०७८÷०८÷०७ गते अन्दाजी १०ः५० बजेको समयमा चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथली स्थित ठुलोपाखा सामुदायिक बनमा मानवको जस्तो देखिने कंकाल फेला परेको  भन्ने महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरमा जानकारी प्राप्त भएको जनाएको छ ।
  अनुसन्धान :  तत्कालै वृत्त जगाती भक्तपुरबाट प्रहरी निरीक्षक सुर्य बहादुर शाही लगायत बिशेषज्ञ डा.समेतको टोली घटनास्थल खटि जाँदा उक्त बन भित्र रहेको ३ फिट गोलाई भएको लप्सीको रुखको फेद नजिकै ५ फिट ६ ईन्चको मानव कंकाल फेला परेको हुँदा घटनास्थल सहितको लाश जाँच मुचुल्का कार्य गर्ने क्रममा उल्लेखित लप्सीको रुखको हाँगामा जुटको डोरीको पासो चुडिएको अवस्थामा रहेको, रुखको फेदमा ज्.ए. क्ष्लखभलत लेखेको कालो रंगको झोला फेला परेको,  झोलासंगै नाम्लोको फिता रहेको, उक्त झोला भित्र चेक सर्ट थान १, चोया काट्ने कर्द (चक्कु), प्लाष्टिकको फिता, वाँसको चोया, प्लाष्टिकमा प्याक गरी राखेको अवस्थामा रुद्धाक्ष, दाँत माझ्ने ब्रस, प्रयोग गरेको मास्क, पत्रिकाको टुक्रा, १ जोर अं. ४० नम्बरको खरानी रंगको गोल्ड स्टार जुत्ता, सुप्रिम लेखेको सेतो टिर्सट, गोल्ड ओरिजिनल लेखेको कालो ज्याकेट र खैरो रंगको पाईन्ट रहेको, पाईन्टको दाहिने गोजीमा लाईटर फेला परेको हुँदा सुरक्षित साथ सबुद प्रमाण संकलन गरी कंकाल पोष्टमार्टमको लागि के.एम.सि. अस्पताल दुवाकोट भक्तपुर पठाई घटनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको जनाए ।

यस प्रकारको हुलिया तथा कपडा लगाएको मानिस हराएको भएमा यसै सूचनालाई आधार मानी निम्न मोबाइल नम्बरमा सम्पर्क गरी प्रहरी अनुसन्धानमा सहयोग गरिदिनु हुन अनुरोध गर्दछौ ।
–    महानगरीय प्रहरी परिसर, भक्तपुर (संचार शाखा)  – ९८५१२९३१५०, ९८५१२९०९७६
–    महानगरीय प्रहरी वृत्त जगाती भक्तपुर – प्र.ना.उ.     राम बहादुर के.सी.      ९८५१२८८६३३
–    महानगरीय प्रहरी वृत्त जगाती भक्तपुर (डि.अ.) – ९८५१२८३०२८ 
...

All Comments.......


Please Login/Register To Comments