भक्तपुर । चोरी मुद्दाका फरार सुजन दाहाल र मिलन पाण्डे प्रकाउ गरेका छन् । जिल्ला भक्तपुर सुर्यबिनायक नगरपालिका वडा नं. ५ सुवर्णचोक बस्ने बर्ष २५ को सुजन दाहाल । जिल्ला भक्तपुर सुर्यबिनायक नगरपालिका वडा नं. ६ बनाचौर बस्ने बर्ष ३२ को मिलन पाण्डे हुन् । चोरी मुद्दामा भक्तपुर जिल्ला अदालतबाट मिति २०७५ असार ११ गते १ बर्ष ६ महिना कैद र २,२७,१००।– (अक्षरुपी दुई लाख सत्ताईस हजार एक सय) जरिवाना फैसला भएका निम्न लिखित वतन भएका सुजन दाहाल र मिलन पाण्डे फरार रहेको हुँदा यस परिसरबाट खटाईएको प्रहरी टोलीले आज मिति २०७७ साउन ८ गते पक्राउ परी आएका सुजन दाहाल र मिलन पाण्डेलाई भक्तपुर जिल्ला अदालतमा पेश गरेकोमा फैसला कार्यान्वयनको लागी केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा काठमाण्डौ पठाउने आदेश भए अनुसार केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा काठमाण्डौ पठाईएको भक्तपुर प्रहरी परिसरले जनाएको छ ।
    

...

All Comments.......


Please Login/Register To Comments