भक्तपुर । नेपाली कांग्रेस भक्तपुरको सभापतिका लागि पार्टी जिल्ला अध्यक्ष दुर्लभ थापा र मध्यपुर थिमिका अष्टकुमार कवेले उम्मेदवारी घोषणा गरेका छन । थापा कांग्रेस सभापति शेरबहादुर देउवा निकटका हुन् भने कवे नेता प्रकाशमान सिंह निकटका । थापा कांग्रेस संस्थापन पक्षको उम्मेदवार हुन् । त्यस्तै कवे संस्थापन इत्तरसमूहको तर्फबाट सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् ।
कांग्रेसको १३ औं महाधिवेशन अन्तर्गत भक्तपुरको अधिवेशनमा पनि यी दुई नेताबीच सभापतिमा प्रतिस्पर्धा भएको थियो । पहिलो चरणमा पहिलो स्थानमा रहेका कवेलाई दोस्रो चरणमा झिनो मतले पछि पार्दै थापा सभापतिमा निर्वाचित भएका थिए ।

...

All Comments.......


Please Login/Register To Comments