भक्तपुर, ११ मंसिर । केदार नाथ बचत तथा ऋण सहकारी संस्था लि.को नवौं साधारण सभा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिका वडा नंं ७ का वडाध्यक्ष उकेश कवाँको प्रमुख आतिथ्यतामा एक समारोह बीच पानसमा दीप प्रज्ज्वलित गरी सिद्धिगणेश तालिम हलमा शनिवार सम्पन्न भयो ।
    प्रमुख अतिथि उकेश कवाँले अन्ध विश्वासलाई हताएर बैज्ञानिक कुरालाई पालना गर्दै जानुपर्ने बताउँदै भारती प्रधानमन्त्री मोदिले कोभिडलाई गुहँमुत्र खाएर, गोबर दलेर, साँझ थाल थताएर, राती मैनबत्ति बालेर निको हुने अन्धविश्वासका कारण महामारी रुप लिएको बताउनु भयो । उहाँले अमेरिकाका पूर्व राष्ट्रपति ट्रम्पले पनि माक्स लगाउनु नपर्ने भनि हेल चक्र्याईं कै कारण विश्वमा कोभिड १९ बाट सबभन्दा बढी मृत्यु भएको बताउनु भयो । उहाँले अमेरीकाले चीनबाट कोभिड फैलिएको आरोप झुठ भएको बताउँदै अमेरिकाबाट फैलिएको तथ्याङ्कबाट प्रमाणित हुन्छ भन्नुभयो । उहाँले कोभिड नियन्त्रयण चीनबाट सिक्नु पर्ने बताउँदै नेतृत्वले खराब गरे त्यसको असर तलसम्म पर्ने बताउनुभयो । उहाँले अन्धविश्वास गलत विचार भएको बताउँदै त्यस्ता नेतृत्वबाट राम्रो आशा गर्न नसक्ने र भारतमा किसान आन्दोलनकारीलाई ट्रकले किचेर मारेरको समाचार आएको भन्नुभयो । उहाँले रामशरण महत्तले युवाहरुलाई विदेशमा वेच्ने नीति ल्याएदेखि देशमा उत्पादन शक्ति घटेर आयात गर्नु पर्ने अवस्था आएकोले सहकारी पैसा भन्दा पनि उत्पादनमा ध्यान दिनु पर्ने बताउनुभयो । उहाँले सहकारीको लेखा परिक्षकको सुझाब व्यापक छलफल गर्नु पर्ने बताउँदै पैसा नखाने लेखा परिक्षक रोग पत्ता लगाउने डाक्टर भएको बताउनुभयो । उहाँले संचालक समितिका पदाधिकारीहरुले ऐन कानुन र कार्यविधिले सहकारी नचलाई आफ्नो इच्छा आकांक्षामा चलाउन खोजे भोलि त्यो सहकारी दुब्ने निश्चित छ भन्नुभयो । उहाँले सहकारी भनेको प्रेसरकुकरमा पकिरहेकोमा कसैले कमिकमजोरी गरे पड्किन्छ भन्नुभयो । उहाँले सहकारी भनेको जग्गा दलालीको लागि होइन समुदाय र कामदारको उत्थान, शीपको लागि हुनुपर्ने बताउनुभयो । उहाँले गरिब जनताको सेवा गर्ने सहकारी मात्र मित्र हो बताउँदै स्विकृति विना खोलेको सहकारीमा रकम जम्मा गरी भागेको खण्डमा नगरपालिका जिम्मेवार नहुने भएकोले विना दर्ता संचालन सहकारीमा कारोबार नगर्न अनुरोध गर्नु भयो ।  उहाँले नगरपालिकाले शिक्षा, स्वास्थ्य र सम्पदा क्षेत्रमा फड्को मार्ने गरी काम गरिरहेको साथै स्वास्थ्य तथ्याङ्क संकलनमा सहयोगको अपेक्षा गर्नु भयो । उहाँले अन्तराष्ट्रिय मुद्रा संचितिमा कम हुँदा मूल्यबृद्धि हुने बताउनुभयो ।
    कार्यक्रममा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव जगनाथ प्रजापतिले सहकारीलाई बिकृति रुपमा नभई समुदायमा आधारीत संस्थाको रुपमा संचानल गर्नुपर्ने बताउनुभयो । उहाँले विकृति र विसंगति विरुद्ध निरन्तर संचालन गरिरहेको बताउँदै कोपामिसले एक व्यक्ति एक सहकारी विरुद्ध जिल्ला संघ रहेको बताउँदै फोर्स मर्ज भन्दा आवश्यकता अनुसार उदेश्य मिल्नेहरु स्वतन्त्रतापूर्वक एकिकरण गर्न दिनु पर्ने बताउनुभयो । उहाँले सहकारी ऐन २०७४ मा तीस लाख रुपैंयासम्म दृष्टिबन्धकी निःशुल्क भएको वागमति प्रदेशले रु.८०००। लिने निर्णय विरुद्ध अदालतमा गएको बताउनुभयो । उहाँले संरक्षित पूँजीकोष र स्थिरिकरण कोष बुझेर निर्णय गरेरमात्र रकम छुट्यापउनु पर्ने बताउनुभयो ।
    कार्यक्रममा भक्तपुर जिल्ला सहकारी संघका कविराम बस्नेतले पारदर्शी र सुशासन युक्त भक्तपुर नगरपालिका भित्र सहकारी संस्था रहेको मै गर्व महशुस हुन्छ साथै नगरपालिकाले अनुगमन गरी अनुशासित र विश्वासिलो संगठन बनाउन सफल भएकोले अनुगमनमा निम्ता भए हामी पनि सहयोग गर्न आटुर छ भन्नुभयो । उहाँले संचालन, शेयर सदस्य र कर्मचारीहरुको संयुक्त प्रयासले संस्था राम्रो हुने बताउँदै संचालक मालिक र शेयर सदस्य कामदार होइन भन्नुभयो ।
    कार्यक्रममा सहकारीका शुभचिन्त रामकृष्ण प्रजापतिले साधारण सभा भनेको मुख्य गरी संस्थाको बर्ष भरिमा भए गरेका कार्यहरुको समिक्षा गर्ने र आगामी बर्षमा के के गर्ने भने योजना र नीति तथा कार्यक्रम बनाई शेयर सदस्यहरुसंग व्यापक छलफल गरी पास गरेर संस्था र सदस्यहरुको हितमा काम गर्नुपर्ने बताउनुभयो । उहाँले सहकारीको अर्थ सहकार्य हो । त्यसैले सहकारीको परिकल्पना भनेको सदस्यहरुको आर्थिक र सामाजिक स्तर उकास्ने हो त्यसैले आजको यो साधारण सभाले नया नेतृत्व पनि चयन हुने भएकोले सक्षम, सबल, ईमान्दार नेतृत्व चयन हुने आशा व्यक्त गर्नुभयो । साथै वहाहरुको कार्यकाल पनि पूर्ण सफलताको कामना गर्दै संस्थालाई शेयस सदस्यहरुको हित अनुसार विकास गर्ने आशा पनि लिन भयो ।
    कार्यक्रममा भक्तपुर मोर्डन ईङ्गलिस स्कूलका संस्थापक बाबुकाजी कसपाल शिक्षा विना समाज अगाडि बढ्दैन् भन्नुभयो ।
    कार्यक्रम संस्थाका अध्यक्ष कृष्णराम चौगुठीको सभापतित्वमा भएको कार्यक्रममा कोषाध्यक्ष राजभाई त्यातले आर्थिक प्रतिवदेन र सचिव विपिन श्रेष्ठ प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भयो भने संचालन रञ्जना सितिखुले गर्नु भएको थियो ।
    बन्दसत्रबाट राजभाई त्यातको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । उपाध्यक्षमा रविन नागाजु, सचिव कृष्णराम चगुठी, कोषाध्यक्षमा साजन कसपाल, सदस्यहरुमा मैंयाकेशरी घटुवा, विष्णुश्वरी किजु, रिता दुवाल, सृजना श्रेष्ठ, रोशन दुवाल र पुर्ण बहादुर भट्ट रहेको छ ।


...

All Comments.......


Please Login/Register To Comments