श्रावण ९, भक्तपुर । भक्तपुर नगरपालिका १० नं वडा कार्यालयमा आ.व. २०७६÷०७७मा भएका विकास कार्यहरु तथा प्रगति विवरणको जानकारी कार्यक्रम एक समारोह बीच खेलकुद कर्वड हलमा शुक्रबार सम्पन्न भयो । 

कार्यक्रममा प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्वास्थ्यलाई पहिलो प्रथामिकतामा राखेर कार्य गरिरहेको बताउनु भयो । उहाँले संसार नै कमजोर अवस्थामा रहेको अवस्थामा हाम्रो सानो नगरले काम गर्न नसक्ला भनि पिर लिन नपर्ने बरु सचेत भई कार्य गर्नु पर्ने बताउनु भयो । उहाँले लकडाउन मुक्त भएपनि कोरोना मुक्त नभएकोले गाईजात्रामा मनोरञ्जनको लागि भिड जम्मा गरी गाईजात्रा नमनाउन अनुरोध गर्नु भयो । 
उहाँले चिनियाँ कम्युनिष्ट पार्टीले ५००० थान माक्स नेमकिपालाई सहयोग आएकोमा भक्तपुर नगरपालिका मार्फत भक्तपुर अस्पताल, मानव अङ्ग प्रत्यारोपन, क्यान्सर अस्पताल र जनस्वास्थ्यमा वितरण गरेको बताउनु भयो । 

 उहाँले २०७७÷०७८ को लागि १ अर्व ४२ करोडको बजेट प्रकाशित गरेको बताउँदै बरु गत बर्ष पर्यटनबाट ३० करोड आम्दानी अनुमान गरेकोमा कोरोनाका कारण १७ करोडमात्र भएकोले यसपालि लकडाउन खोलेसंगै श्रावणदेखि पर्यटन शुल्क उठाउने कार्य सुरु गर्दा हालसम्म २० जना आईसकेकोले पर्यटकहरुलाई पूर्ण रुपमा खुसिसाथ रोग नसर्ने स्थानमा रुपमा पहिचान बनाउन माक्स, पञ्जा, श्यानिटाईजरले व्यवस्थित गरी अगाडि बढ्ने बताउनु भयो । उहाँले क्वारेन्टाइनको जिम्मा स्थानीयलाई दिनुभन्दा प्रदेश वा संघीय सरकारले गर्नु पर्ने बताउँदै स्थानीय जनताहरु मात्र पठाउने भनेपछि मात्र क्वारेन्टाइनको व्यवस्था गरेको बताउनु भयो । उहाँले पर्ती जग्गा संरक्षण र स्वामित्व कायम गर्न सल्लाघारीको ९९ रोपनी जग्गामा भक्तपुर नगरबासीहरुको अधिकतम उपयोग गरी परिचालन गर्न माग गर्दै सहमतिमा ल्याएको बताउँदै रानी पोखरी र सिद्धपोखरीको उत्तर तर्फको जग्गा पनि खेलकुदको लागि उपयोग गरिसेकेको बताउनु भयो । उहाँले अरु नगरपालिकामा नभएको काम भक्तपुर नगरपालिकामा भएको विषयमा स्थानीय विकास मन्त्रालयबाट परिपत्र भएपछि सोको किताब नै तयार गरी प्रकाशित गर्न लागेको बताउनु भयो । उहाँले भक्तपुरमा इष्टिमेट भन्दा कम लागतमा काम हुने उपभोक्ता समितिको काम सबैतीरबाट प्रशंसा भईरहेको बताउँदै पाँचतल्ले मन्दिरमा जनश्रमदान र आर्थिक सहयोग उठेको साथै लकडाउनमा समेत प्रमुख जिल्ला अधिकारी नमानेतापनि मौसमलाई मध्ये नजर गरी काम गएको यदि त्यति नगरेको भए आजभोलिको ठूलो बर्षाले पाँचतल्ले मन्दिरमा क्षेति पु¥याउने भएकोले यस्तो निर्णय लिनुपरेको बताउनुभयो । उहाँले ख्वप अस्पताल संचालन र थाईराईड लगायतको उपकरण सहितको व्यवस्था गरेको बताउनुभयो । उहाँले अहिले घोषणापत्र अनुसार काम हुन नसकेको आदरनिकेटन यस बर्ष कार्यविधि बनाई दिवामात्रै संचालनको लागि पहल भई रहेको बताउनु भयो । 

कार्यक्रम १० नं वडाका वडाध्यक्ष लक्ष्मी प्रसाद ह्यौमिखाको सभापतित्वमा सम्पन्न भएको थियो भने उहाँले गत आवको प्रगति प्रस्तुत गर्नु भयो । 
कार्यक्रममा पूर्व उपमेयर चैत्यराज शाक्यले भुकम्प पुनःनिर्माण गर्नुपर्ने अवस्थामा नयाँ विकास निर्माण कोभिड १९को बावजुद पनि विकास निर्माण तिव्र भएको बताउनु भयो । उहाँले शिक्षा स्वस्थ्य सरकारको जिम्मेवारी भएकोले सरकारले गर्न नसके पनि भक्तपुर नगरपलिकाले शिक्षा र स्वास्थ्यमा जिम्मेवारी पूर्वक लागि रहेको बताउनुभयो ।कार्यक्रममा पूर्ववडाध्यक्ष चन्द्र बहादुर उलक, वडासदस्य जितेन्द्र मुनांकर्मी, वडा सदस्य ज्ञानकुमार मगजुले पनि बोल्नु भएको थियो । 
...

All Comments.......


Please Login/Register To Comments