भक्तपुर। भक्तपुरको चाँगुनारायण नगरपालिकाको एउटा गौरबको योजनामा ठेकेदारले लापरबाही गरेको भेटिएको छ। नगरपालिकाको गौरबको योजना ुचाँगुनारायण फास्ट ट्रयाक सडक निर्माणमा ठेकेदारले लापरबाही गरेको भेटिएको हो। फास्ट ट्रयाक सडक अन्तर्गत चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीको पण्डितको पँधेरोदेखि बालाटोल हुँदै वडा नं. ८ सुडाल जोड्ने सडक खण्डमा लगाइएको प्लम कंक्रिट विधिको पर्खालमा ठेकेदारले लापरबाही गरेको वडा अध्यक्ष गणेश त्यातले बताए।
‘चाँगुनारायण फास्ट ट्रयाक सडकबारे स्थानीयबाट गुनासो आएको थियो, त्यही अनुसार आइतबार अनुगमन गर्दा निकै लापरबाही भएको पायौं’, उनले भने। उनले वडाका विभिन्न व्यक्ति तथा नगरपालिकाका प्राविधिकको उपस्थितिमा अनुगमन गरेको बताए।
‘प्लम कंक्रिट विधिको वालमा एक भाग ढुंगा एक भाग मसला९ढलान० हाल्नुपर्नेमा त्यहाँ करिब ९० प्रतिशत ढुंगामात्र राखेको पायौं, यसमा ठेकेदारले बदमासी गरेको देखिएको छ,’ वडाध्यक्ष त्यातले भने।
वडाध्यक्ष त्यातले मात्र नभई नगरपालिकाका इञ्जिनियर पुरुषोत्तम शर्माले पनि ठेकेदारले बद्मासी र लापरबाही गरेको भेटिएको बताउँदै लापरबाहीपूर्ण रुपमा भएको काम तत्काल रोक्न लगाएको बताए।
‘एक तह ढुंगा, एक तह ढलान राखी बनाउनुपर्ने वालमा त्यहाँ त ढुंगाको मात्र चाङ लगाएको रहेछ, त्यसरी लगाएको ढुंगा छोप्न बाहिर घोला छ्यापिएको रहेछ’, उनले भने,‘काम निकै कमसल र लापरबाही तरिकाले गरेको रहेछ।’
उनले तत्कालै सो निर्माणको कामको ठेक्का पाएका निर्माण व्यवसायी लीला लामालाई सम्पर्क गरेको तर ६र७ पटक सम्पर्क गर्दा पनि उनी सम्पर्कमा नआएको जानकारी दिए।
वडाध्यक्ष त्यातले नगरपालिकाले विकास निर्माणको काम उपभोक्ता समितिलाई दिनुको सट्टा ठेकेदारलाई दिँदा समस्या भएको समेत बताए। उनले विकास निर्माणको ठेक्का ठेकेदारलाई दिने तर त्यसको अनुगमन नगर्ने कारण पनि विकास निर्माणमा कैफियत देखिने गरेको जनाए।...

All Comments.......


Please Login/Register To Comments