मध्यपुर थिमि । मध्यपुर थिमि नगर पालिकाको सहकार्यमा तेस्रो एपिक नेपाल म्युजिक अवार्ड बोडेको कुमारी पार्कमा शनिवार सम्पन्न भएको छ । नेपाली गीत संगीत क्षेत्रका श्रष्टा सर्जक कलाकार हरुको बाक्लो उपस्थिति रहेको उक्त अर्वाड बितरण कार्यक्रममा कुल ३२ बिद्याका बिभिन्न सर्जक हरुलाई ४० वटा शिर्षकमा अवार्ड प्रदान गरीएको थियो । नेपाली हास्य ब्यङग्य क्षेत्रका हस्तीहरु मदन कृष्ण श्रेष्ठ र हरि बंश आचार्यलाई नगद रु १ लाख सहित लाईफ टाईम अचिभमेन्ट अवार्डबाट सम्मान गरीएको थियो भने उक्त कार्यक्रममा लामो समय देखि नेपाली रंग पत्रकारिता गर्दै आउनु भएका रंग पत्रकार जीबन लुईटेललाई नगद रु २१ हजार सहित नगद पुरस्कार प्रदान गरिएको थियो ।
एपिक नेपाल म्युजिक अवार्ड बितरण कार्यक्रममा प्रमुख अतिथिका रूपमा मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख मदन सुन्दर श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा बिशेष अतिथि हरुका रूपमा चलचित्र कलाकार संघका अध्यक्ष तथा बरिष्ठ कलाकार रबिन्द्र खड्का, नायक धिरेन शाक्य, कलाकार पल्पसा डंगोल (चम्सुरी) नायक पल शाह लगायत थुप्रै अन्य कलाकारहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्नु हुँदै मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख मदन सुन्दर श्रेष्ठले मध्यपुर थिमि नगरपालिकामा पछिल्लो समय सम्पदा संरक्षणमा देखिएको परिबर्तन लाई उजागर गर्न तेस्रो एपिक नेपाल म्युजिक अवार्ड संग सहकार्य गरेको  बताउनु भयो ।
एपिक नेपालका अध्यक्ष तथा चर्चित म्युजिक भिडियो निर्देशक बबीता श्रेष्ठले अवार्ड कार्यक्रममा सहकार्य गरी नेपाली गीत संगीत क्षेत्रलाई फल्ने फुल्ने बाताबरण प्रदान गर्न र कलाकार हरुको हौसला बढाउन सहयोग गरेकोमा मध्यपुर थिमि नगरपालिका र सहयोग पुर्‍याउने सम्पूर्णमा हार्दिक धन्यबाद ज्ञापन गर्नुभयो ।
एपिक नेपाल म्युजिक अवार्ड का उपाध्यक्ष कृष्ण लाल साहुखलले मध्यपुर थिमि नगरपालिका भित्रका सम्पदालाई अवार्ड बितरण कार्यक्रम मार्फत आन्तरीक पर्यटन अभिबृदिमा समेत टेवा पुर्‍याउँदै गीत संगीत क्षेत्रमा लाग्ने सर्जकहरूलाई हौसला प्रदान गर्न  अवार्ड बितरण कार्यक्रम सफल बनेको बिश्वास व्यक्त गर्नु भयो ।
एपिक नेपाल म्युजिक अवार्डको तेस्रो संस्करणमा जुरी का रूपमा गायक तथा सर्जक कस्तुप पन्त, पत्रकार तथा निर्देशक सुब्रत आचार्य, म्युजिक भिडियो निर्देशक देबेन्द्र पाण्डे रहेका थिय । कार्यक्रमको कुशल सन्चालन सन्चारकर्मी, कलाकार तथा निर्देशक दिनेश डिसीले गर्नु भएको थियो ।

 अवार्ड बिजेताहरुको नामावली
१.सर्वोत्कृष्ट लोकदोहोरी गायिका
टीका पुन (भाग्यमै छौ)
२.सर्वोत्कृष्ट लोकदोहोरी गायक
खेम सेन्चुरी ९ झ्यालमा पर्दा छ ०
३. सर्वोत्कृष्ट शव्द लोकदोहोरी
नेत्र अर्याल (झ्लमा पर्दा छ)
४. सर्वोत्कृष्ट लय लोकदोहोरी
श्रीकृष्ण बम मल्ल (डाँडा घरे साँईली)
५. सर्वोत्कृष्ट लोकदोहोरी निर्देशक
रबिन शाहा (बाँचे कमाउँला)
६. सर्वोत्कृष्ट लोकदोहोरी निर्देशक
काजिस श्रेष्ठ (सुर्ती माड्दै माड्दै)
७.सर्वोत्कृष्ट छायाकार
नबराज उप्रेती (फुटेका चुरा)
८. सर्वोत्कृष्ट सम्पादक
मीन रावल (चोट)
९. सर्वोत्कृष्ट एरेन्जर
विश्वास नेपाल (झल्को आम्च का)
१०.सर्वोत्कृष्ट लोकदोहोरी मोडेल महिला
सारिका के सी (लाहुर)
११.सर्वोत्कृष्ट लोकदोहोरी मोडल पुरुष
बिपेश घिमिरे (माईली)
१२. सर्वोत्कृष्ट पपुलर अवार्ड
दुर्गेश थापा (तिमी एति राम्री किन)
१३. सर्वोत्कृष्ट जुरी अवार्ड
सरिता डाँगी(मेरो हजुर )
१४ .सर्वोत्कृष्ट पब्लिक च्बाईस अवार्ड
प्रकाश सपूत (फुटेका चुरा )
१५. सर्वोत्कृष्ट जुरी अवार्ड नित्य निर्देशक
प्रबिन थापा (मदानीमा नेती)
१६. सर्वोत्कृष्ट ईनकरेजमेन्ट अवार्ड
नमराज घिमिरे (लाईदेउ माया)
१७. सर्वोत्कृष्ट आधुनिक गायिका
मेलिना राई (कहाँ होला मेरो मायालु)
१८.सर्वोत्कृष्ट आधुनिक गायक
प्रेम सेन्चुरी (जीवन यहाँ यस्तै छं)
१९. सर्वोत्कृष्ट आधुनिक शव्द
भोजराज पाण्डे (आँधी हुरी)
२०.सर्वोत्कृष्ट आधुनिक संगीतकार
केशब सापकोटा (तिमीलाई माया गर्ने मुटु)
२१. सर्वोत्कृष्ट मोडल पुरुष आधुनिक
पल शाह (फुलबुट्टे सारी)
२२. सर्वोत्कृष्ट मोडेल महिला आधुनिक
शिल्पा पोखरेल (ए जिन्दगी्)
२३.सर्वोत्कृष्ट आधुनिक निर्देशक
बिक्रम चौहान (भुपु माया)
२४. सर्वोत्कृष्ट डेउडा गायक
ध्वज मोहरा (धनगढी बजारं)
२५. सर्वोत्कृष्ट डेउडा गायिका
रेखा जोशी (नबढेकी ठेउकी)
२६. सर्वोत्कृष्ट काँठे गायक
रामशरण आलेमगर (घैया मकै)
२७० सर्वोत्कृष्ट काँठे गायिका
सारदा रसाईली ९ खेतको आली ०
२८. सर्वोत्कृष्ट नेपाल भाषा गायिका
कल्पना श्रेष्ठ (छङ्गुलङ स्वयबु मिखा)
२९. सर्वोत्कृष्ट नेपाल भाषा गायक
हरिसुन्दर श्रेष्ठ (भगवान खमाबा)
३०.सर्वोत्कृष्ट नव(गायक लोकदोहोरी
अलिफ खान (झुम्के बुलाकी)
३१. सर्वोत्कृष्ट लोकदोहोरी नव (गायिका
सोनिया डिसी ( नसालु माय)...

All Comments.......


Please Login/Register To Comments