बिराज अधिकारी
कास्की । लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा बिगत १८ वर्षदेखि कास्कीको लेखनाथमा हुँदै आएको लेखनाथ महोत्सवको १७ औं संस्करण आगामी माघ १३ गतेबाट २४ गतेसम्म हुने भएको छ ।

संघको आईतबार बसेको वैठकले यस वर्ष आयोजना हुने महोत्सवको मिति तय गर्दै अध्यक्ष क्षत्रधर आत्रेयको अध्यक्षतामा मुल आयोजक समिति समेत गठन गरेको हो ।

‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र संबृद्धि’ भन्ने नाराका साथ आयोजना हुने महोत्सव गत वर्ष कोरोना महामारीका कारण स्थगीत भएको थियो ।

समग्र गण्डकी प्रदेशको आर्थिक, समाजिक, कृषि र पर्यटनको विकासमा टेवा पु¥याउने उद्धेश्यले महोत्सव आयोजना गरिएको संघका अध्यक्ष आत्रेयले बताए । विश्वभर फैलीएको कोराना महामारीको प्रभाव नेपालमा कम भईसकेको अवस्थामा महामारीका कारण प्रभावित स्थानीय व्यवसायीहरुको पुनरुत्थानमा महोत्सवले सकारात्मक भुमिका खेल्ने महासचिव उपेन्द्रराज सुवेदी (राजु) ले वताए ।

संघका अनुसार महोत्सवमा स्थानीय उत्पादन, कृषि प्रदर्शनी, शैक्षिक प्रदर्शनी, सूचना प्रविधि प्रदर्शनी, हस्तकला, मेसिनरी, कर्पोरेट, अटो, जनरल, फेन्सी, गार्मेन्ट, डेरी, खानालगायतको प्रदर्शनी गरिनेछ ।

त्यस्तै ख्याती प्राप्त कलाकारहरुको दोहोरी, पप कन्सर्ट, हास्य प्रहसन रहने आयोजक लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष क्षत्रधर आत्रेयले जानकारी दिए । महोत्सवमा वाल उद्यान, खाना महोत्सव र सुन्तला प्रदर्शनी विशेष आकर्षणको रुपमा रहने उनले बताए ।...

All Comments.......


Please Login/Register To Comments