अजितमान तामाङ


नमोबुद्ध अर्थात् ताग्मोल्हुअीज्यीन तीर्थः
स्वयंबुद्धले बताउनु भएको बुद्धोपदेश सुत्रसंग्रहमा ‘बघिनी जीवनदान’ अर्थात् ‘भोकाएकी बघिनी र डमरुहरु’  ‘हङग्रि टाइग्रेस’९अंग्रेजिमा०, ‘व्याघ्री जातकमाला’ (संस्कृतभाषामा) र ‘ताग्मो ल्हुइजीनकी दो’ (तामाङ तथा तिब्बती शास्त्रीयभाषामा) आदि शिर्षकहरूमा नोबुद्धको वर्णन बौद्धवाङमहरूमा गरिएको पाइन्छ। यो तीर्थको नामको ताग्मोल्हुअीज्यीनको अर्थ ’ताग’ भन्नाले तामाङ तथा हिमालय बौद्ध शास्त्रीयभाषामा ’बाघ’, यसरी नै ’मो’ ले पोथी, ’ल्हुई’ ले शरिर, ’ज्यीन’ ले सम्पूर्णदान यी शब्दहरूको संयुक्त योगबाट ’ताग्मोल्हुअीज्यीन’ अर्थात् सम्पूर्ण शरिर बघिनीलाई अर्पेको वा दानगरिएको हो।

घना जङ्गलको बिचमा महादानी ङीङतोब छेन्पो (तामाङभाषामा सेमछेनछेन्पो पनि भन्ने गरेको पाइन्छ) को अस्थिधातु स्वर्णकलसमा राखि निर्माण गरिएको भुवनेश्वर सप्तरत्नमय नमोबुद्ध चैत्य (ताग्मोल्हुअी च्यान छ्योर्तेन) रहेको छ। यो तीर्थ प्राचीन काल देखिनै नेपालमा मात्र नभएर विश्वभर बौद्ध जगतमा लोकप्रिय रहेको पाइन्छ ।यो स्थान समुद्री सतहबाट लगभग १७०० मिटरको उचाईमा अत्यन्त रमणीय गुँरास, कटुस, ओखर, अमला आदि पतझर र सदावहार घना जङ्गलको बिचमा छ।


तस्विरः२ ताग्मोल्हुअीच्यानकी दो
नमोबुद्ध स्तुप भएको स्थानबाट २०० मिटर जतिको उक्लिएपछि गन्धमादन पर्वत जहाँ राजकुमार ङीङतोब छेन्पो ९महासत्व०ले आफ्नो शरिरको मासु बघिनीलाई खुवाउँदै गरेको चौथो शताब्दीको प्रस्तर मूर्ति रहेको छ। यसै स्थानमा ङीङतोब छेन्पोले बघिनी र डमरूहरूलाई आफ्नो शरिरदान गरेको विश्वास गरिन्छ।

बुद्धकालिन प्राकृतभाषामा ‘नमोबुद्ध’ तथा स्थानीय नेवार भाषामा ’नमुरा’ भन्ने गरिन्छ। ‘नमुरा’ नाम ‘नमो बुद्ध’ कै संक्षिप्त तथा अर्को व्युत्पत्तित रूप हो। स्वयम्भू पुराण तथा बौद्ध वाङमयमा उल्लेख भएअनुसार शाक्यमुनी बुद्धस्वयं पुगेर तिर्थाटान तथा वन्दना गर्नु भएकोले यस तीर्थको नाम ’नमोबुद्ध’ अर्थात् बुद्धभगवानले समेत ’नमो’ आर्थात् नमन नमस्कार गर्नु भएकाले नमोबुद्ध नाम रहन गएको हो ९मानन्धर, २०५३० ।

नमोबुद्ध ताग्मोल्हुअीज्यीन बौद्ध तीर्थस्थलको उत्पत्तिस्
यो तीर्थको उत्पत्तिका गाथा बौद्ध जगतमा लोकप्रिय जातककथा, बुद्धोपदेश सुत्र ’ताग्मो ल्हुअीज्यीन दो’ (दोमाङ) मा बताएका छन्। यो घटना द्वापरयुगको अन्तिम तथा कलियुगको प्रारम्भमा कश्यपबुद्धको शेषपछि धर्म शासनकाल भएको वर्णन पाइन्छ (मानन्धर, २०५३, १४) ।
तस्विरः३ ताग्मोल्हुअीच्यान (नमोबुद्ध)नेपाल

पाञ्चाल देशका ग्याल्बो सीङताक छेन्पो (राजा महारथ) ग्याल्मो पद्मा महामायादेवी कसै – कसैले रानी सत्यावती पनि भनेका छन्० राजाका तीन छोराहरू जेठो ’डाछेन्पो’ अर्थात् महाप्रणव, माईलो ’लाछेन्पो’ (महादेव) र कान्छो ङीङतोब छेन्पो’ (सेमछेनछेन्पो र महासत्व) थिए ।

यी तीन राजकुमारहरू मध्ये कान्छो ङीङतोबछेन्पोले अनेकन युगहरू सत्य, द्वापर र त्रेतायुगमा गरी ३२ जुनीसम्म बोधिसत्व भइ जगतका प्राणीहरूको उद्धार गर्नु भएको जातकहरूमा बताइएको छ। बुद्धोपदेशानुसार एक दिन तीनै जना राजकुमारहरू बन विहारमा रहँदा सुत्केरी बघिनी भोकले आक्रान्त भइ सिकार गर्न नसकि आफ्नै पाँच डमरूहरूलाई खान तम्तयार भएको दृष्य देखेर ङीङतोब छेन्पो ९महासत्व०को चित्तमा महा–करूणायुक्त चेतना जागृत भएछ । जङ्ल विहारबाट दरबारतर्फ फर्कँदै गरेका यी तीन राजकुमारहरू अलिपर पुगेपछि कान्छो ङीङतोबछेन्पोले आफ्ना दाजुहरूलाई बहाना बनाएर, हिँडदै गर्नुस् म शौचालय गइ आइहाल्छु भनि अघिदेखेका बघिनी र डमरूहरू भएतिर गए छन् उक्त मरणासन्न अवस्थाका बघिनी र डमरूहरूलाई सम्पूर्ण शरिरदान दिएछन् ।  भोका बघिनी र पाँच डमरूहरूलाई शरिरदान पछि तत्काल ङीङतोबछेन्पो९महासत्व०को तुषिता भुवनमा बोधिसत्वको पूनरजन्म भए ९हेर्नुहोस्, थप वृतान्त दोमाङ या सुङदी भित्र ताग्मोल्हुईच्याक्यीदो सुत्रमा०। यो घटना केही जातकहरूमा थोरै भिन्न बाहना उल्लेख गरिएको पाइन्छ ।

नमोबुद्ध, ङीङतोब छेन्पो, सिद्धार्थ गौतम देखि शाक्यामुनी सम्यकसम्बुद्धसम्मस्
जातक गाथानुसार, ङीङतोब छेन्पो महासत्वले भोकले ग्रस्तभई आफ्नै डमरूहरू खान तमतयार रहेकी सुत्केरी बघिनी र डमरूहरूलाई शरिरदान गरेको पुण्यले तुषिता भुवनमा बोधिसत्व भई जन्म भएको थियो। ङीङतोबछेन्पो पछि कपिलवस्तुका राजा शुद्वोधनको रानी महामायादेवीको कोखमा सपनामा सेतो हात्ती प्रकटभइ गर्भमा बास हुन पुगेको उल्लेख छ । महामाया देवीको गर्भमा प्रवेशपछि पूनः मानव चोलामा राजा सुद्धोधनका राजपुत्र सिद्धार्थ गौतमको लुम्बिनी पवित्र उद्यानमा जन्म भएको नमोबुद्धसँग जोडिएर उल्लेख बौद्ध सुत्र ताक्मोल्हुइच्यानकिदो  गरिएको पाइन्छ । कपिलवस्तुमा राजकुमार सिद्धार्थ गौतमले २९ वर्षसम्मको राजकीय संसारिक जीवनानुभव, राजकीय सुखभोगका जीवन त्याग्नु भयो। दुःखरूपी राग, द्वेष, क्लेष, मोहबाट मुक्त हुने मार्गको खोजिमा ध्यान, ज्ञान र आरोग्य साधनाभ्यासबाट दोर्जेदेन ९बुद्धगया०मा सम्यक समबुद्धत्व बोधिज्ञान लाभ गर्नु भयो। सर्वथासिद्ध महापुरूष सम्यकसम्बुद्ध हुनु भयो।

तस्विरः४ लुम्बिनीमा बुद्धको जन्म, गान्धार पाकिस्थान

सम्यकसम्बुद्ध शाक्मुनी सिद्धार्थ गौतमबुद्धको नमोबुद्ध तिर्थाटन भ्रमणः
सम्यकसम्बुद्ध अर्थात् शाक्यमुनी सिद्धार्थ गौतमबुद्ध नमोबुद्धको तिर्थाटनमा आउनु भएको बताएको छ ९हेर्नुहोस्, स्वयम्भु पुराण०। जातकमालाले राजकुमार सिद्धार्थगौतमले गृहत्यागगरी बुद्धत्व प्राप्त गरेपछि आषाढ पूर्णीमाको दिन तुषिताभुवनमा धर्मदेशनाका लागि पुग्दा अष्टमी ब्रतमा रहनुभएकी आमा महामायादेवीसँग तुषिताभुवनमा भेट हुँदा भलाकुसारी हुन सकेन। आमा महामायादेवीले बुद्धलाई कार्तिक शुक्ल कोजाग्रत पूर्णीमाका दिन पाञ्चाल देशमा अवतरण हुने र भेट हुने बताउनु भएका थियो ।

तसर्थ बुद्ध आफ्नो शिष्यहरूको साथमा कार्तिक कोजाग्रत पूर्णिमाको एकदिन अघि हालको काभ्रेपलान्चोक जिल्लाको नमोबुद्ध तत्कालीन पाञ्चालदेशको हिरण्यगिरी पुग्नु भएको थियो। सो स्थानमा बुद्धले बज्राशनमा रहि आफ्नो ध्यानबलद्वारा जिर्णभइ माटोमा विलिन आफ्नो पूर्वजीवनका शारिरीक अस्थिधातु रहेको स्वर्णकलस रहेको सप्तरत्नमय भुवनेश्वर चैत्यलाई पुण्यबलको द्विव्यचक्षुबाट देख्नु भयो। बुद्धले सो चैत्यलाई नमन अर्थात् नमस्कार गर्नु भयो (मानन्धर, २०५३)।

बुद्धद्वारा सो चैत्यको बारेमा आनन्द, सारिपुत्र लगायतका भिक्षुसंघलाई धर्मदेशना गर्दै भन्नु भयो “आफ्नो पूर्व जीवनकालको ङीङतोब छेन्पो (महासत्वं) को जीवनकालमा यस बनमा भोका बघिनी र डमरूहरूको जीवन रक्षार्थ शरिरदानदिनु भएको हो“ घटनाका सबै वृतान्त सुनाउनु भयो। सम्यकसम्बुद्धको पूर्व जीवनकालको ङीङतोब छेन्पो ९महासत्व०को अस्तिधातुको स्वर्णकलस युक्त सप्तरत्नमय भुवनेश्वर चैत्य अर्थात् छ्योर्तेन प्रति श्रद्धाव्यक्त गर्दै बुद्ध स्वयमले नमन अर्थात् नमस्कार गर्नु र तिर्थाटन गर्नु भएको कारणले यो चैत्यको नाम बौद्ध पाली तथा संस्कृतभाषामा ‘नमोबुद्ध चैत्य’ भनि आजसम्म रहि आएको छ (मानन्धर, २०५३)। बाकी अंक पछि, क्रमश

...

All Comments.......


Please Login/Register To Comments