भक्तपुर । भक्तपुरका अटोमोबाइल्स व्यवसायीहरुको भेलाले भक्तपुर अटोमोवाइल्स एसोसिएसन गठन गरिएको छ । अध्यक्ष दीपेन्द खर्वुजाको अध्यक्षतामा सात सदस्यीय एसोसिएसन गठन गरिएको हो । एसोसिएसनको  सचिवमा स्वयम्भुरत्न शाक्य, कोषाध्यक्षमा सुरेन्द्रप्रसाद प्रजापति रहेका छन् । सदस्यहरुमा दीपेश बेजू, राजेश कवां, महेन्द्र दुवाल र रामकृष्ण श्रेष्ठ रहेका छन् ।  

भक्तपुरमा अटोमोवाइल्स सम्वन्धि काम गर्ने सम्पूर्ण व्यवसायीको हकहितको उद्देश्यका साथ एसोसिएसन गठन गरेको अध्यक्ष खर्वुजाले जनाए । त्यसैले सरोकारवाला सम्पूर्णलाई एकताबद्ध हुन उनले आह्वान गरे । एसोसिएसनले भावी दिनहरुमा व्यवसायीहरुको हकहितका साथै सामाजिक कामहरु पनि गर्ने योजना रहेको उनले सुनाए । साथै व्यवसायीहरुको लागि शीपमूलक तालिम गर्ने योजना रहेको पनि उनले जनाए ।

एसोसिएसनले व्यवसायीहरुको हितको लागि मात्रै नभई उपभोक्ताको हितमा पनि विशेष ध्यान दिने जनाइएको छ । उपभोक्ता हाम्रा देवता हुन्, अध्यक्ष खर्वुजाले भने, त्यसकारण उहाँंहरु नठगिउन् भन्नेमा पनि हामी विशेष ध्यान दिनेछौं । अटोमोवाइल्ससँंग सम्वन्धित अटोमोबाइल्स शोरुम, अटोमोवाइल्स रिकण्डिशन ९एक्सचेन्ज०, अटोमोवाल्स पार्ट तथा लुव्रिकेन्टस् विक्रीवितरण, मर्मत तथा वर्क सप (अटोमोवाइल्स मर्मत तथा सम्भार) का काम गर्ने व्यवसायीहरु एसोसिएटमा आवद्ध हुनसक्ने जनाइएको छ ।
...

All Comments.......


Please Login/Register To Comments