बसाइ सराइ
  • Post Date 2021-12-06 15:06:30

डा इन्दुल केसी
मेरो मनको रहरले होइन
वर्तमान समयको परिस्थितिले
हाम्रो बसाइ सराइ भयो ।

जन्मघरबाट अलग्गिएर
विदेशमा होइन आफ्नै स्वदेशमा
भक्तपुर नगरबाट कान्तिपुर राजधानिमा ।

शरीरको अङ्ग आँखा र मृगौलाको
सर्जिकल अपरेशन भैसकेको
८१ वर्षे म, जेष्ठ नागरिक भैसकेको ।

शरीरको मुटुको अपरेशन भैसकेकी
हिड्डुल गर्न असमर्थ भएकी
७६ वर्षे मेरी श्रीमती सावित्री ।

हेर चाह, स्याहार सुसारको अभिलाषाले
कतै कुनै वृद्धाश्रममा होइन है
आफ्नै छोरा बुहारी नातिको साथमा ।
         बसाइ सराइ ।
     २०७८ मार्ग १७

...

All Comments.......


Please Login/Register To Comments