ललितपुर । आ आफ्ना संस्कृति र परम्पराको संरक्षण र प्रवर्द्धनमा संगठित ललितपुरका २१ भन्दा बढी जातिय समाजहरुसँगै नेपालभाषा मंकास् खलस् यल पनि एक्यबद्धभै बनेको यल जातिय समाजलाई बिधिवत दर्ता गरिने भएको छ ।
पाटन झटापोल सत्तलमा मंसीर १९ गते यल जातिय समाजका संयोजक (पास्ल्हा) एवं नेपाल तण्डुकार समाजका अध्यक्ष शिवराम तण्डुकारको अध्यक्षतामा बसेको बैठकले आगामी ६ महिनामा समाजलाई कानूनत दर्ता हुने गरि ९ सदस्यीय तदर्थ समिती गठन गरेको हो ।

ज्यापू समाज यलका अध्यक्ष तिर्थलाल महर्जनको अध्यक्षतामा बनेको उक्त तदर्थ समितिको सचिवमा बौद्ध बिहार संघ ललितपुरका सुरेन्द्र बज्राचार्य, उपाध्यक्षमा चित्रकार ९पुँंस् समाज०का रत्नमान चित्रकार र कोषाध्यक्षमा स्यस्यस् समाजका सुरेन्द्र गोविन्द जोशी रहनुभएको छ । त्यस्तै सदस्यमा नापित समाजका कृष्णमाया नापित, तण्डुकार समाज तर्फबाट शिवराम तण्डुकार, ताम्राकार समाजबाट बिनोद ताम्रकार, नेपाल राष्ट्रिय खडगी समाजबाट बिनोद खडगी ९सानु० र सिकस्मि समाजका बिष्णु लाल सिकस्मि रहनु भएको छ ।



“बढदो शहरी बिकाश र आधुनिक जीवनशैलीसंगै परम्परागत साँस्कृतिक महत्वका जात्रापर्वसँगै जोडिएका विभिन्न आदिवासी तथा जातिय पहिचानसँग सम्बन्धित गुठीगाना, सामाजिक समस्याको निवारणमा सबै सामाजिक संघसंस्था कानूनी र बिधिवत रूपमा दर्ता नभएको अवस्था छ ।” तदर्थ समितिका सदस्य बिष्णु लाल सिकस्मिले भने, “नेवास् समुदायको संस्कृतिमा सबै जातजातिय अन्तरसम्बन्धित वा अनतर्निहित रहेको हुँदा सबैखाले समस्यालाई सामूहिक रूपमा सम्बोधन गर्दै जाने लक्ष्य लिएर अगाडि बढन बिगतदेखिनै सकृय रहेको यल जातिय समाजलाई अब थप बिधिवत र कानूनी मान्यता सहितको सामूहिक संस्थाको रूपमा अगाडी बढाउन तदर्थ समितिको निर्माण गरिएको हो ।”

यल जातिय समाजले ललितपुरभित्र आवद्ध सदस्य समाजहरुको संजाल निर्माण गरि आपसी सहमतिमा पालैपालो संयोजकका रूपमा मासिक र आवश्यकता अनूरूप बैठक संचालन गर्दै आएको छ । जिल्लाभित्रका करुणामय मच्छिन्द्रनाथ जात्रा जस्ता मौलिक संस्कृतिमा उत्पन्न हुने विवादको समाधान, नेवास् एकता सम्बन्धित बिभिन्न सरोकारका बिषय र राष्ट्रिय हितका मुद्धामा समाजले विभिन्न गतिविधिहरु गर्दै आएका छन । तदर्थ समितिले पूर्णता पाएपछि पनि बिगतमाझैं प्रत्येक बैठकको संयोजन पास्ल्हा आलोपालो रहने बताईएको छ । मंसीर महिनाको आगामी बैठकको संयोजन पास्ल्हा बाराही समाज रहेको छ ।...

All Comments.......


Please Login/Register To Comments