भक्तपुर । नेपाल स्काउट भक्तपुरको आयोजनामा भएको तीनदिने कोभिड १९ अभिमुखीकरण कार्यक्रम शनिबार एभरेष्ट इंगलिश स्कुल मिवाछें व्यासी भक्तपुरमा सम्पन्न भएको छ ।

कार्यक्रममा नेपाल स्काउट केन्द्रका प्रमुख आयुक्त लोकबहादुर भण्डारीले स्काउट भनेको के हो ? स्काउटले के काम गर्छ भन्ने कुरा भक्तपुरका स्काउट लिडरहरुले देखाएको बताए । भक्तपुरका स्काउट लिडरहरु राजेश गाइजू, अरुण सैंजू, न्हिज किजू र पुनम कर्माचार्यले कोभिडको महामारीको बेला गरेको मानब सेवाबाट स्काउट के हो? र स्काउटरहरुले के गर्छ भनेर जनताले नजिकबाट बुझेको बताए ।

नेपाल स्काउट भक्तपुरका प्रमुख आयुक्त रामगोपाल कर्माचार्यले तीनदिने अभिमुखीकरण कार्यक्रममा सहभागी स्काउटहरुको काँंधमा जिम्मेबारी थपिएको बताए । अव उनीहरुले आफूहरुले अभिमुखीकरणबाट सिकेको ज्ञान अरुलाई हस्तान्तरण गर्ने थप जिम्मेबारी थपिएको उनको भनाई थियो ।

एभरेष्ट इगलिश स्कुलका प्रिन्सिपल भक्त राजभण्डारीले कोभिड १० बाट हामीले सफासुघर भई वस्नुपर्छ भन्ने राम्रो पाठ सिकेको बताए । नेपाल स्काउट भक्तपुरका अच्युत प्रजापतिले स्वागत गर्दै कोभिडबाट जोगिन थप सचेत हुनुपर्ने आवश्यकता औंल्याए । कार्यक्रममा स्काउटका सरु गोसाई, सहभागीहरुमध्येबाट मीना खाइतूलगायतले तालिममा सिकेका शीपलाई आफूले मात्रै व्यवहारमा नउतारी सवैलाई बाँंडनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल स्काउट केन्द्रका प्रमुख आयुक्त भण्डारीले प्रशिक्षक तथा प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र पनि वितरण गरेका थिए । तालिम बिहीबारदेखि सुरु भएको थियो । तालिममा एभेरेष्ट इगलिश स्कुल मिवाछें व्यासी भक्तपुरका दुई दर्जन भन्दा वढी स्काउटरहरु सहभागी रहेका थिए ।


...

All Comments.......


Please Login/Register To Comments