त्रिभुवन विश्वविद्यालयको ४७ औं दीक्षान्त समारोहमा भक्तपुरका दुई विद्यार्थी पुरस्कृत हुने भएका छन्। विश्वविद्यालयको पुस ५ गते सोमबार हुने ४७ औं दीक्षान्त समारोहमा त्रिविबाट लिइएका विभिन्न तह एवं विषयका परीक्षाहरुमा सर्वप्रथम भएका विद्यार्थीमध्ये भक्तपुरको  ख्वप कलेज अफ इञ्जिनियरिङ र ख्वप कलेजका विद्यार्थी पनि पुरस्कृत हुने भएका हुन्।


त्रिविका अनुसार पुरस्कार पाउने विद्यार्थीमा स्नातक तहतर्फ सिभिल इञ्जिनियरिङ विषयको स्नातक तह (बि.इ सिभिल) मा सर्वप्रथम भएका ख्वप कलेज अफ इञ्जिनियरिङका रमण श्रेष्ठ र बिबिएस परीक्षामा सर्वप्रथम भएकी ख्वप कलेजकी रश्मिला धिताललाई पुरस्कृत गर्ने भएको हो।
२०७६ सालको परीक्षामा ख्वप कलेज अफ इञ्जिनियरिङका श्रेष्ठले ८६.८७ प्रतिशत (विशिष्ट श्रेणी) र धितालले ६९.३० प्रतिशत(विशिष्ट श्रेणी ल्याएका थिए। उनीहरुमध्ये श्रेष्ठलाई शिवराज पन्त स्मृति पुरस्कार र धिताललाई नेपाल बैंक लिमिटेड छत्रबहादुर पदक दिइने त्रिविले जनाएको छ।...

All Comments.......


Please Login/Register To Comments