तुल्सी नारायण लाखेमरु
५० अर्बको एमसीसीले नेपाल आमाको अस्तित्व खरानीमा परिणत हुदैछ । अनि पछुटाउने भन्दा केही हुदैन । तीन करोड जनताहरुमाझ जुगजुगसम्म खडेरी पर्नेछ यसले ।
देशमा राणा शासन गए, शाह शासन गए, कांग्रेस शासन गए, आफूलाई कम्युनिष्ट भन्ने बाबुराम प्रधानमन्त्री पनि गए, प्रचण्ड पनि गए, विश्वासिलो प्रधानमन्त्री के.पी. शर्मा ओली पनि गए । त भएन केही ।
चन्द« सूर्य अंकित हाम्रो नेपालको झन्डा, खोलानाला, मेची, महाकाली र विश्वले देखेको हाम्रो आँखा सगरमाथा कति महान छ । कति विशाल छ । यो धर्ती हिरै हिराहरु कन्चनजंगा, गौरीशंखर हिमाल , विश्वको दोश्रो जलस्रोतको धनी देश, पानीको स्रोत हिमालको पानी भण्डार हो । स्वर्ग सम्मान नै हो तर भयो के त ? केही पनि भएन ।
यो हाम्रो धर्तीमा, पाखापर्वतमा सुनको खानी छ कि, हिराको खानी छ र रेडियमको खानी छ कि ? तर कसैले वास्ता गरेन । शासक वर्गले सुक्ष्म यन्त्रले हेर्नुप¥यो । सँगसँगै मित्र राष्ट्र चीन, भारत र अन्य देशमा ५० वर्षको अवधिमा २–४ जना वैज्ञानिकहरु जन्म लिन्छन् । तर हाम्रो नेपालको अस्तित्व मेटाउन एमसीसी पास गर्न तयार भएको छ ।
देशमा शहिदको सम्मान छैन । शहिदको साहित्य पढ्दैन । शहिदहरुको मर्म बुज्दैनन् । भक्ति थापा, अमर सिंह थापा, कालु पाण्डे, वलभद« कुवरहरुको सपना बाडदैनन् ।
शासकहरुले आफ्नो देशको जनताहरुलाई केही पनि दिन सकेका छैनन् । जब कि यस्तो केही दिन नसक्नेहरुले एमसीसी पास गर्न खोज्छन् । ५० अर्वको एमसीसीले नेपाल नचिन्ने शासक वर्गको नेताहरुले जनताहरुलाई जोकर बनाइदिदै छन् । यसले अन्तत दुख पाइस मंगले आफनै ढंगनले नै हुने निश्चित छ ।  
फुल फुल्छ बोतमा
रङ्गीचङ्गी हुन्छ आखाँमा
माया बस्छ सच्चा नेतामा


...

All Comments.......


Please Login/Register To Comments