भक्तपुर । बाग्मति प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्री कृष्णलाल भडेँलको प्रमुख आतिथ्य र चाँगुनारायण नगरपालिकाको नगरप्रमुख सोमप्रसाद मिश्रको बिशेष आतिथ्यमा भक्तपुरको झझल्को बचत तथा ऋण सहकारी संस्थाले आफ्नो भवनको उद्घाटन गरेको छ । चाँगुनारायण नगरपालिका वडा नम्बर ५ रहेको सो सहकारी संस्थालो नवर्निमित भवनको उद्घाटन एक कार्यक्रम गरेको हो ।

संस्थाले आफ्नो १४ औँ बार्षिक साधारण सभा एवम् उद्घाटनको कार्यक्रममा सो भवनको उद्घाटन गरेको हो । सभामार्फत सहकारी संस्थाले नयाँ नेतृत्वसमेत चयन गरेको छ ।  संस्थाले नगरपालिकाले वडा नम्बर ४, ५, ६, ७, ८ र ९ का स्थानीय बासिन्दाहरुको रकम बचत गर्दै आएको जनाइएको छ ।
 
नगरपालिका भित्र सञ्चालित सहकारीमध्ये ठूलो भवनबाट आफ्नो सेवा विस्तार गर्ने पहिलो संस्था भएको चाँगुनारायण नगरपालिकाका नगरप्रमुख मिश्रले बताए । उनले संस्थामार्फत जनताको विश्वास जितेर काम गर्न सकेको र रकम बचतसँगै उद्यमशील तथा रोजगारीतर्फ जोड दिन आग्रह गरेका छन् ।

नगरप्रमुख मिश्रले सहकारी, निजी संघसंस्था र नगरपालिकाको सहकार्यमा नगरभित्रको कृषकका लागि कोल्ड स्टोर, तरकारी बजार सञ्चालन गर्न आग्रह गरे । उनले सोका लागि पालिकाले वार्षिक बजेट विनियोजन गरेको बताए ।

मन्त्रीले भडेँलले नगरको सहकारी क्षेत्रको विस्तार तथा विकासको लागि आवश्यक पहल गर्ने बताए । उनले चुनावको समयमा जनताले दिएको भोटको सम्मान स्वरुप स्थानीय क्षेत्रको विकास गर्ने बताए।

श्रीकृष्ण माध्यमिक विद्यालयका पूर्व विद्यार्थीले वि।सं। २०६५ साल जेठ महिनादेखि सहकारी संस्था सञ्चालनमा ल्याएको थियो । २५ जना सदस्यबाट सुरु भएको सहकारीले हाल २७ सय ६५ जना सदस्य बनाइसकेको छ । हाल सहकारीले आफ्नै भवनबाट सेवा सञ्चालन गर्दै आएको संस्थाका सचिव सुरज बास्तोलाले बताए ।...

All Comments.......


Please Login/Register To Comments