लक्ष्मी तामाङ्ग

शुक्रबारको दिन थियो । सधैझै हामी कक्षाकोठामा बसिरहेको थियौ । कक्षाकोठामा सर आउनुभयो । सधै पढिरहदा अल्छि लाग्यो होला रिपोर्टिङ गर्न बहिर जाम भन्नुभयो सरले । त्यो कुरा सुनेर सबै साथी खुसीले फुरुङ्ग भए । त्यसपछि हामीलाई सरले बाहिर रिपोर्टिङ गर्न लानुभयो । हामी कलेज गेटबाट बाहिर पुग्यौं । त्यसैबेला चार जना साथीहरु ढिला कलेज आइपुगे । उनीहरुलाई हामीले गेटमा भेटयौ । उनीहरुलाई सरले किन झोला बोकेर बाहिर बसेको भन्यो ? अनि यी साथीहरुले भने, आउदाआउदै ढिला भयो भनेर । उनीहरुलाई ढिला आएको हुनाले गेटको दाइले भित्र छिराउनु भएनछ । त्यसबेला हामी सबै साथी र सर बाहिर जने क्रममा भेटेकाले उनीहरुलाई सगै लाने अनुमति दिनुभयो सरले । हामीसगै रिपोर्टिङ गर्न गन्तव्यतिर लाग्यौ । पुषको ठण्ंडी मौसम अनि चारैतिर लागेको चिसो हुस्सु । चिसो तुसारोले जनजीवन नै असजिलो बनाइरहेको थियो । हामी रिपोर्टिङस्थल इटाभट्टातर्फ गयौ । केही साथीहरु कस्तो जाडो भनेर भन्दै थिए भने अरु केही साथीहरु भने टिकटक बनाउदै थिए । त्यसैबेला ढिला आउने दुई साथी उज्ज्वल र राहुल भने इटाभट्टामा भएका क्रियाकलापको  भिडियो  बनाउदै आइरहेको थियो । त्यहाँ पुग्दा राति एकबजेदेखि जाडोमा उठेर मानिसहरु जाडोको प्रर्वाह नगरी आफ्नो जीवन चलाउन कर्म गरिरहेका थिए । छेउमा सुरिलो भाका बजाउदै  इटा पार्दै गरेको देख्यौं हामीले ।

ःत्यो देखेर मेरो मनमा धेरै प्रश्न उठयो । अनि नजिकै गएर प्रश्न सोध्नेतर्फ लागे । त्यहाँ काम गर्ने चाहिँ श्रीमानश्रीमती रहेछ र उहाँहरुको नाम बमबहादुर माझी र प्रमिला माझी रहेछन् । उनीहरु बिहान १ बजेदेखि साझा ६ बजेसम्म इटा बनाउाँंदा रहेछन् । त्यहाँ काम गरेको १७ वर्ष भएको रहेछ । त्यस्तो बिहान उठेर काम गर्नु परे पनि उनलाई कुनै समस्या वा आपति छैन भनेर भने । उनको परिवारमा ५ जना रहेछ उनीहरु । परिवारमा दुई छोरी र एक छोरा उनीहरुका । उनीहरु नौ कक्षामा पढ्दै छ भनेर भने । बमबहादुर आफु यसै काममा सन्तुष्टि छु भनेर भन्यो । उनले दिनमा दुई जना मिलेर ४ हजार वटा इटा बनाउने रहेछ । उनले वर्षमा ३ लाख कमाउने र १ लाख चाहिँ रासन पानीमा खर्च हुन्छ भनेर भने । उनले इटा पार्ने सिजनमा इटा पार्ने अनि त्यो इटा पार्ने सिजन नहुने बेला चाहिँ गाउँमा गएर खेतीपाती गर्ने कुरा सुनाए । उनको कुरा सुनेर मनमा यस्तो प्रश्न उठ्यो कि हरेक मान्छे एउटै हुदैन रहेछ । मान्छेले दुःख होस् या सुःख जस्तोसुकै अवस्थामा जिउन र रम्न सिक्नु पर्दो रहेछ ।
...

All Comments.......


Please Login/Register To Comments