डा इन्दुल केसी
अचेल बिहान भाले बासेको स्वर सुनिन्दैन
मन्दिरहरुको घण्टा पनि टङ–टङ बजेको सुनिन्दैन ।

आहा ! मोबाइलको घण्टी टिरिङ–टिरिङ बज्छ
विभिन्न रेडियो, टि.भी.हरुले नै शंख फुक्छ ।

बहुप्रतिक्षित मेलम्चीको पानी आउने पर्खाइमा
खानेपानी संस्थानका कलधाराहरु मस्त निद्रामा ।

अखबारको पत्रहरु ट्वाइलेट पेपरको रुपमा सबतिर पुछ पाछमा
जार र बोटलहरुको पानी मितव्ययिताका साथ पञ्च स्नानमा ।

धुवा, धुलो नाना प्रकारका प्रदूषणमा
आधुनिक मर्निङ वाकको फेशनमा ।

तन्दुरिस्तीको लागि अङ्ग प्रत्यङ्गहरुको चलायमान कसरतमा
थरीथरीका नामधारी व्यापारीक योग÷वियोगको मण्डलीमा ।

छोइनसक्नु आकाशिएको बजार भाउमा
व्यापारी र ग्राहकहरु तरकारीको मोलमोलाइमा ।

आस्थावानको पाठ, पूजा, आरधना र किर्तन भजन
अब विभिन्न रेडियो र दूरदर्शनको प्रसारण

अग्निदेवताको अवतार ग्याँस सिलिन्डरमा खाली छ
विद्युत प्राधिकरणको विद्युतको दरभाउ बढेको छ ।

धनसारमा दाल, चामलको भाँडो ठ्याम्मे रित्तिएको छ
फुक्का, सुख्खा पाउरोटीले नै धेरैले भोक मेटाउँदै छ ।

सबैजना आ–आफ्नो कार्यस्थलमा पुग्न हतार छ
सडकमा जताजतै जहिलेपनि गाडीको जाम छ ।

...

All Comments.......


Please Login/Register To Comments