काठमाडौं– नेपाल राष्ट्र बैंकले २० किसिमका वस्तुको आयातमा अनिवार्य नगद मार्जिन    (उधारोमा आयात गर्न नपाइने) व्यवस्था गरेको छ । यो व्यवस्थासँगै आयातित प्रिफ्याब प्यानलको भाउ पनि आकासिने भएको छ ।
विदेशी मुद्रा सञ्चितिमा गम्भीर प्रभाव पर्न थालेपछि बैंकले यस्तो व्यवस्था गरिएको जनाएको छ । राष्ट्र बैंकको परिपत्रअनुसार नधुल्याइएको वा धुल्याइएको ल्वाङ आयात उधारोमा गर्न पाइँदैन ।
आयातकर्ताहरूले बैंकबाट एलसी खोल्दै उधारोमा सामान ल्याउने र बेचेर पैसा तिर्ने गरेकोमा अब २० किसिमका वस्तु उधारोमा किन्न पाइँदैन । योसँंगै प्रिफयाब प्यानल पनि उधारोमा किन्न पाइने छैन । यही कारण यस्ता प्यालनको भाउ वढ्ने निश्चित प्रायः देखिएको हो ।
नेपालमा हालसम्म धेरै प्यानलहरु विदेशबाटै निर्यात हुने गरेका छन् । यो व्यवस्थासँंगै विदेशबाट आउने प्रिफयाब प्यानलको भाउ वढेर स्वदेशी प्यानलको विक्रीवितरण वढ्ने निश्चित देखिएको छ ।
प्रिफ्याब प्यानल भन्नाले कारखानामा पहिला नै तयार पारी निर्माणस्थलमा जोडे मात्रै पुग्ने नयाँं निर्माण सामाग्री हो । यही कारण यसको प्रयोगबाट तीव्र निर्माण सम्भब हन्छ ।

...

All Comments.......


Please Login/Register To Comments