भक्तपुर । भक्तपुरमा एक वर्षको अबधिमा हत्या, कुटपिट बलात्कार तथा बलात्कार प्रयास, बाल यौनशोषण तथा दुव्र्यवहार, बहुविवाहलगायतका तीन सय ६२ वटा मानव अधिकार हनन एवं ज्यादतिका घटना भएको सार्वजनिक भएको छ ।  अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) भक्तपुरले शुक्रबार आयोजना गरेको एकवर्षे घट्ना सार्वजनिक एवं नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ को वार्षिक पूर्व समिक्षा कार्यक्रममा यो तथ्यांक सार्वजनिक गरिएको हो ।
इन्सेकका भक्तपुर प्रतिनिधि रमेश गिरीले घट्ना सार्वजनिक गर्दै सन् २०२१ जनवरीदेखि डिसेम्बर २४ सम्मको एकवर्षको अबधीमा भक्तपुरमा ६ जनाको हत्या भएको, ६ जनाको हत्या प्रयास भएको, बालिका १७ जना र महिला २४ जना गरी ४१ जना बलात्कारबाट पीडित भएको र ८ जना बलात्कार प्रयासबाट पीडित भएको तथ्यांक सार्वजनिक गर्नुभयो ।
त्यस्तै बाल यौन दुव्र्यबहारबाट १० जना, बहुबिवाहबाट ९ जना महिला पीडित भएका छन् भने मानव बेचबिखनबाट ६ जना, घरेलु हिंसाबाट ५ जना, आत्महत्या दुरुत्सानमा ३ जना पीडित भएका छन् । भक्तपुुरमा यो वर्ष ५८ जनाले आत्महत्या गरेका छन् । सार्वजनिक स्थलमा योनाङ देखाउने १ जना, अप्राकृतिक मैथुन गराई हिंसाबाट १ जना पीडित भएका छन् । त्यस्तै २०८ जना हराएकोमा १९० जना फेला परेका छन् ।
यस अबधीमा गत वर्ष हत्या ८ जनाको हत्या, ३२ जना बलात्कारबाट, घरेलु हिंसाबाट ४८ जना पीडित भएका थिए । भक्तपुरमा बलात्कार, हत्या र आत्महत्या डरलाग्दो रुपमा बृद्धि भएको इन्सेकले प्रतिवेदनमा सार्वजनिक गरेको छ ।
कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले पछिल्लो समयमा ४० प्रतिशत हिंसा बढेको बताउदै घरभित्र हुने हिंसा बढ्दै गएको र १८ वर्ष मुनिको बालिकाहरु बढी पीडित हुने गरेको बताउनु भयो । बहुबिवाह र बालबिवाहमका कारण उनीहरुबाट जन्मिएका धेरै बालबालिका जोखिममा परेको र आफ्नो पहिचान पाउन नसकेको बताउदै उहाँले मानव अधिकार संरक्षणका लागि घरघरबाटै सचेत हुनु पर्नेमा जोड दिनुभयो ।
त्यसअवसरमा महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठले पछिल्लो समयमा हत्या, हिंसा, जघन्य अपराध घटे पनि यौन हिंसा र बलात्कारका घटना उच्च रुपमा बढेको बताउनु भयो । कुनै पनि अपराधका मुख्य कारण आर्थिक पक्ष जोडिएको बताउदै उहाँले मादक पदार्थ तथा लागू पदार्थको बिक्री वितरण र सेवनलाई रोक्न नसकेसम्म अपराध रोक्न नसकिने औल्याउनु भयो । उहाँले अपराध न्यूनिकरणका लागि समाज जिम्मेवार भएर लाग्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सूर्यविनायक नगरपालिकाका उपप्रमुख जूना बस्नेतले बालिका र एकल महिला धेरै पीडित भएको बताउदै आफ्नै मान्छेबाट हत्या र बलात्कारका घट्ना बढेकाले समाजमा चेतना फैलाउनु आवश्यक रहेको बताउनु भयो ।
तयस अवसरमा नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत प्रजापतिले मानव अधिकारका घट्नाको दायरालाई फराकिलो पारेर इन्सेकले घट्ना संकलन गर्दै समस्या समाधानमा पनि पहल गर्नु पनेृमा जोड दिनुभयो ।
गैरसरकारी संस्था महासंघ भक्तपुरका अध्यक्ष नारायण न्यौपानेले गरिब र धनी बिचको खाडलले अपराध जन्माइ रहेको भन्दै पुरुष हिंसाका घट्नालाई पनि पहिचान गरेर समावेश गर्नु पर्ने बताउनु भयो ।     पत्रकार महासंघ भक्तपुरका सल्लाकार पुष्करराज बुढाथोकीले अपराधमा जोडिएका व्यक्तिसँग प्रहरी प्रशासनको निकटता र अपराधमा संलग्न व्यक्तिहरुलाई राजनीतिक दलले सदस्यता दिने र उपल्लो दर्जा दिएर चोख्याउने कामले पनि अपराध बढ्को बताउनु भयो ।
कार्यक्रममा गैरसरकारी संस्था महासंघ भक्तपुरका कोषाध्यक्ष पहलमान श्रेष्ठ, नेपाल पत्रकार महासंघ भक्तपुरको उपाध्यक्ष लीला श्रेष्ठ, प्रेस चौतारी नेपाल केन्द्रीय अनुशासन समितिका सदस्य रामचन्द्र प्रजापति, नेवाः पत्रकार दबु भक्तपुरका अध्यक्ष राम तमखुलगायतले अपराध न्यूनिकरणमा प्रहरी, प्रशासन र समाजले चाल्नु पर्ने कदमकाबारेमा चर्चा गर्नुभयो ।

...

All Comments.......


Please Login/Register To Comments