कुमार लघु
आज विहान चिसोचिसोमा विहान चिया पिउदै वित्यो । आनन्दले चिसोको फाइदा चिया पिउदै लिइयो ।
चिया पिउदै साथीलाई फोन गरे । उहाँले मैले फोन गरे भनुभयो । विहान सब कुरो भयो भनुभयो । आज १२ बजे जानुपर्छ भनुभयो । म प्रफुल भए । उति नै बेला माइला दाइले फोन गर्नुभयो । फोन उचाले । तपाईं मलाई भेट्न आउनुस् त भने । होइन दाइ म किन आउने ? मेरो साथीले हिजै वेलुका सबै कुरोकानी भैसक्यो भने । आऊ न आउ । तिमी एक्लै आऊ भनुभयो ।
म भेट्न गए । सल्लाघारी २–३ मिनेटसम्म भेटमा मैले पनि त खाना खानुपर्छ । मले पनि भाग खोजेको हो भनेर कथा दोहरयायो । हुन्छ कुरा त हिजै नै मिल्यो भने । फर्केर साथीलाई फोन गरे । खाना खाई म जता जान पनि तयार गरी बसे । नभन्दै साथीले फोन गर्नुभयो । म तुरून्त साथीको सम्पर्कमा लागे । भेटे ।
आज विहान बडिबिल्डर भाइ आइ भेटे । खाजा खाने कुरो चले । ल हुन्छ  दाइ खाजा खानलाई पहिला काम मिलाउनु प–र्याे, मैले भने । हुन्छ म फोन गर्छु । खाजा खानलाई भनी भने । उ सुरूक गयो ।
उसले एउँटा किपा देखायो । त्यो किपा मैले अव्दितिय लागेर म कपी गर्छु । अनि तिमीले लग न त भन्दा उसले छोड्न, मानेन् । ल भनी मैले उसलाई  फिर्ता गरे ।
त्यो किपा वनायो कि अर्काले हेर्छ । अहिले किपा ननिकालौ भनुभयो । उसले नै लिएर गयो । फोटो पसलमा भेट गर्ने कुरो भयो । मलाई मनपर्ने फोटो प्राकृतिकसिन थियो । प्राकृतिक सिनलाई फोटो वनाई लिनलाई अर्काको स्वीकृति लिनुपर्ने रहेछ । हो है मैले पनि भुने ।
प्राकृतिक फोटोको मूल्य करोडौ पर्ने रहेछ । मैले र भाइ मिले । त्यो करोडौ मूल्यपर्ने तस्विर बिक्री गर्ने तर्खरमा लागेको तपाईहरूलाई सुईको हो । नभन्दै त्यो फोटो लिन राम दाइ आइहाल्यो । भाइलाई राम दाइ त्यो हामीले भनेको मोलमा घटाई लिनलाई नेगेटिभ चाहियो भनी मलाई सम्पर्क गर्न आउनुभयो ।
आजको चिया खाई फेरि वसे । भाईलाई राम दाईले फोन गर्नासाथै फोन गरे । दाई तपाईं तपाईं जहाँ हुनुहुन्छ त्यहाँवाट माथी आउनुस् । म कमलबिनायकको पोखरीमा माछाले डान्स गरेको हेर्न पुगेछु । राम दाईलाई पूर्वतिर आउनुस् भनेको एकैछिन आउनुभयो ।  भाईले त्यो तस्विर बोकेर आउनु भयो । तस्विर बोकेको राम दाईले मोटर साईकलमा राखेर क्लबमा लगे । मलाई पनि क्लबमा बोलोयो । त्यो किपा तस्विरको अवस्था बतायो । त्यो तस्विर किन्नेले म पनि दाईलाई बताउछु भनेर क्लबबाट फेरि हामी बाहानमा त्यहाँबाट निस्के । त्यो किपाको मूल्य र तस्विरहरूको महत्व बुझाउन । त्यो उहाँको तस्विर हस्तान्तरण गर्नलाई फोटो र किपाको महत्व बुझेर र आर्काे राम दाईको दाईलाई फोटोको यथार्थ बुझाई मात्र लिन दिन मिल्नेमा सम्झदारी वनाउनुपर्छ भनी अफिसमा वसेर टुङ्गो लगाई हामी तीन छुटियौँ ।  तस्विर दिनलिन खपिस जमानसिँह मलाई आज लिनेले दिनेले पक्का काम हुन्छ है दाइ भनी भनीरहनु हुन्छ । चियाको स्वाद रसिलो पनि भै राख्यो । १२ बजेतिर जस्तो लाग्यो । दुई कप खाए । त्यहाँवाट फेरि दुई कप २ वजे खाए । विस्कुट पनि दुई चारवाटा खाए । चिया पिउदै एक कुनामा घण्टौ यो कथा लेखिराखे । कोठा त चिसोचिसो थियो । तै पनि किपा अरूलाई हस्तानतरण गर्ने कार्यक्रम भएकोले सभा छोडे । जान नमिलेको थाहा लागेर एकछिन घाममा बसौ भनुभयो । घाममा बसे । उभिउभि फेरि लेख्न नै व्यस्त रहे । किपा वेच्न आउनेहरूको जमात त कमि थिएन् है । हामी हाम्रा साथीहरूसंग किपा तस्विर वेच्न जानलाई लाज लाग्ने भएर पछि परेको बुझे । मौकामा सबैले चौका हानुपर्छ भनेको बुढापाकाको कुरा मनमा आईरहेको याद आईरहयो । किपा वेच्न सिपको कमीले लाखौ कराडौको किपा वेच्न नसकेर च्यातच्युत भएर नबिकेर नै तपाईं हामी समाजमा पछि परेको छ । किपा भनेको जुन पनि महँगो हुन्छ । फोटोग्राफरले लिने ढंङ्गमा फरक पर्छ । किपा अमूल्य छ । किपा विश्वमा अति महँगो छ । किपा अरवौ पर्ने पनि छ । जस्तो मोनालिशाको किपा हेर्नुस् । हाम्रो भक्तपुरको विभिन्न ठाउँमा रहेको किपा वेच्न खोजेर वेच्न सकिने र नसकिने किपाहरू छन् । वेच्न भनेर सपनामा बनाएको योजना अहलेलाई थाती छ ।
अन्तमा म एकदिन बेचेर छाड्छु । महल वनाउला । आरामसाथ किपाको मूल्य तोकौला । हस त् आजलाई विचैमा विदा माग्छु । लेखाईलाई आर्काे अंकसम्म पर्खन्छु ।
२०७८÷०९÷११ गते

...

All Comments.......


Please Login/Register To Comments