काठमाडौं । विदेशमा बसोबास गर्दै आएका नेपालीहरुले नन रेसिडेन्ट नेपाली एसोसियसन अन्तर्राष्ट्रिय तदर्थ समिति गठन गरेका छन् । जसको संयोजकमा माधव मरासिनी रहेका छन् ।
विदेशमा रहेका गैरआवासीय नेपालीहरुले विभिन्न संस्थाहरु खोल्दै ती संस्थाहरुलाई व्यक्तिगत कमाइ खाने भाडो बनाएको, राजनीति स्वार्थ पूरा गर्ने थलो र धनीहरूको क्लबजस्तो बनाएको भन्दै नन रेसिडेन्ट नेपाली एसोसियसन अन्तर्राष्ट्रिय तदर्थ समिति गठन गरेका हुन् ।
गठन गरिएको नन रेसिडेन्ट नेपाली एसोसियसन अन्तर्राष्ट्रिय तदर्थ समितिमा सबै देशमा प्रतिनिधिहरु समावेश गरिएको छ । नवगठित संयोजक मरासिनीले विधान निर्माणदेखि अन्य संस्थागत कामहरू द्रुत गतिमा भइरहेकोले यो अभियानमा जोडिन आग्रह गरे ।

गैरआवासीय नेपाली संघ ९एनआरएन० ले निर्धारित समयमा चुनाव गर्न नसकेर संस्थालाई बदनाम बनाउने खेल भइरहेको समितिको ठहर छ । साथै नेपालीलाई फेरि एकताबद्ध गरेर चलायमान हुनुपर्ने र पारदर्शी र प्रजातान्त्रिक संस्थाको अपरिहार्यता महसुस गर्दै समिति गठन गरिएको संयोजक मरासिनीले बताए । यसबारेमा पटकपटक सचेत गराउँदा पनि नेतृत्व तहले सुधार गर्नुको साटो झन गुटबन्दी गरेको, निषेध गरेको र सामाजिक सञ्जालमा ब्लक गर्ने लगायतका गतिविधि गरिएको आरोप लगाएको छ ।...

All Comments.......


Please Login/Register To Comments