जिल्लाको भक्तपुर नगरपालिका वडा नं. १० कमलबिनायक बस्ने कमलविनायककी १५ वर्षकी सुनेना सितिखुको मृत्यु
भएको छ । हरिनारायण सितिखुको छोरी बर्ष १५ की सुनेना सितिखु आफ्नै घरको ४ तला माथिबाट खसी मृत्यु भएको हो । घटनापछि गम्भीर घाइते अवस्थामा निजको बुबाले फेला पारी उपचारका लागि भक्तपुर अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । घटनास्थलमा अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटिई गई अनुसन्धान कार्य भइरहेको परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाए ।

...

All Comments.......


Please Login/Register To Comments