भक्तपुर । मध्यपुर थिमि नगरपालिका वडा नं. ४ बप्पामा सञ्चालित मध्यपुर कराँते एकेडेमीलाई मध्यपुर थिमि नगरपालिकाकाले विहीबार कराँते खेलमा आवश्यक पर्ने खेलकुद सामाग्रीहरु बितरण गरेको छ । मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले खेलकुदका सामाग्रीहरु् हस्तान्तरण गरेका हुन् । त्यस अवसरमा उनले नगरको विकासमा खेलकुदको एक भएको भन्दै खेलकुदबाट पनि नगर तथा देशको नाम अन्तर्राष्ट्रियस्तरसम्म पु¥याउन सकिने बताए । नगरप्रमुख श्रेष्ठले चालु आर्थिक वर्ष २०७७÷७८ मा पनि एकेडेमीको भौतिक तथा खेल विकासका लागि ८० लाख रुपैयाँ वजेट विनियोजन गरेको समेत
जानकारी गराए । सो अवसरमा नगरपालिकाले गत आर्थिक वर्ष २०७६÷७७ को वजेटबाट उक्त एकेडेमीलाई करिव ५ लाख बराबरको ग्लोभ्स्, सिन गार्ड, किक पायड, किक डमी, किक सिलिण्डर, गमसिल, कोण, स्कियीङ्ग रोल, स्कोर बोर्ड, घडी, सिटी, रनिङ्ग रोप, म्याटलगायतका सामाग्रीहरु सहयोग गरेको एकेडेमीका सचिव अभयन्द्र
रंजितकारले जानकारी दिए । हस्तान्तरण कार्यक्रममा एकेडेमीका अध्यक्ष तथा बरिष्ठ कराँते प्रशिक्षक सजन श्रेष्ठले खेलको माध्यमबाट युवाहरुको शारिरीक तथा मानसिक बृत्ति विकास गर्नमा महत्वपूर्ण भूमिका रहेको भन्दै उक्त एकेडेमीमा हाल ५० जना स्थानीय कराँते खेलाडीहरु प्रशिक्षणको क्रममा रहेको बताए । कार्यक्रममा उपाध्यक्ष अजय श्रेष्ठले नगरभित्र खेलकुद क्षेत्रको द्रुतगतिमा विकास हुनुमा नगरपालिकाको महत्वपूर्ण भूमिका रहेको भन्दै युवा तथा बालबालिकाहरुको व्यक्तित्व विकास गर्ने उद्देश्यले एकेडेमीको स्थापना भएको बताए ।


...

All Comments.......


Please Login/Register To Comments