भक्तपुर । भक्तपुरको सूर्यविनायक राममन्दिरस्थित मिनीशप नेपाल प्रालिले एक कार्यक्रमवीच गिफ्ट कार्ड सार्वजनिक गरेको छ । भक्तपुर चेम्वर अफ कमर्सका अध्यक्ष न्हुछे मानन्धरले कार्डको सार्वजनिक गरेका हुन् ।


कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र जाकिवञ्जारका अनुसार यो कार्ड विशेष गरी पार्टी भोजहरुमा जानका लागि प्रयोगमा ल्याउने प्रायोजनका साथ ल्याइएको हो । उनका अनुसार पार्टी भोजहरुमा जानेहरुले यो कार्ड किनेर लगेर गिफट दिन सकिनेछ । पछि कार्ड गिफ्ट पाउनेले कार्डको मूल्य अनुसार आफूलाई मन परेको सामान मिनीशपमा आएर किनेर लान सकिनेछ ।
कम्पनीका अनुसार कार्डको मूल्य न्युनतम पाँंच सयदेखि पाँंच हजारसम्मका छन् ।
...

All Comments.......


Please Login/Register To Comments