काठमाडौँ । मूर्धन्य कलाकार स्व. केशव दुवाडीज्यूको २५ औँ स्मृति दिवस, ग्रन्थ विमोचन तथा सम्मान कार्यक्रम एक भव्य समारोहमा प्रा.डा. कृष्णप्रसाद दाहालज्यूको लेखन तथा सम्पादनमा तयार भएको अनुसन्धानमूलक ‘कलाशिरोमणिः केशव दुवाडी’ नामको अनुसन्धानात्मक ग्रन्थ शताब्दी पुरुष डा. सत्यमोहन जोशीज्यू, सञ्चार तथा सूचना प्रविधि मन्त्री श्री ज्ञानेन्द्रबहादुर कार्कीज्यू, पूर्व सभामुख श्री दमननाथ ढुंगाना लगायतका विशिष्ट महानुभावहरुले उक्त ग्रन्थ सामूहिक रूपमा सार्वजनीकरण गर्नुभएको थियो ।
    
ग्रन्थका अनुसन्धानकर्ता – प्रा. डा. कृष्णप्रसाद दाहालज्यूले तयार गर्नुभएको २३८ पृष्ठको उक्त ग्रन्थको विविध पक्षका विशेषताहरूको बारे विस्तृत विवरण प्रस्तुत गर्नुभयो । वरिष्ठ कलाकार श्री मदन चित्रकारज्यूले स्व. केशव दवाडीज्यूले नेपालको कला क्षेत्रमा पु¥याउनुभएको महत्वपूर्ण योगदानहरूको चर्चा गर्नुहुँदै उक्त ग्रन्थको समीक्षात्मक टिप्पणी प्रस्तुत गर्नुभएको थियो । समारोहमा प्रा. डा. कृष्णप्रसाद दाहालज्यू र वरिष्ठ कलाकार प्रा. श्री राधेश्याम मूल्मीज्यूलाई सम्मान पत्रका साथ रू. १५,०००।– नगद प्रदान गरी दोसल्ला ओढाई सम्मान गरिएको थियो । प्रमुख अतिथि सत्यमोहन जोशीज्यूलाई पनि दोसल्ला ओढाई सम्मान गरिएको थियो ।
    
उक्त समारोहमा अतिथिका रूपमा रहनुभएका महानुभावहरूले आ–आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्ने क्रममा कलाशिरोमणि केशव दुवाडीज्यूले नेपालको कला क्षेत्रमा पु¥याउनु भएको योगदानको उचित मूल्याङ्कन सरकारको तर्फबाट हुन नसकेकोमा दुखेसो पोख्दै – सरकारले स्व. केशव दुवाडीज्यूको हुलाक टिकट प्रकाशन गरिदिइयोस् भन्ने माग राख्नुभयो । मन्त्री श्री ज्ञानेन्द्रबहादुर कार्कीज्यूले आफ्नो शुभकामना मन्तव्य दिनु हुँदै कलाकार स्व. केशव दुवाडीज्यूको टिकट सरकारको तर्फबाट प्रकाशन गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो । सो समारोहमा पूर्व सभामुख श्री दमन ढुंगाना, ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति श्री कान्छाकुमार कर्माचार्यले आ–आफ्नो शुभकामना मन्तव्य राख्नुभयो । कुलपति श्री के.के. कर्माचार्यले भविष्यमा कलाशिरोमणि स्व. केशव दुवाडीज्यूको विविध पक्षमा अनुसन्धान गरी अरू पुस्तकहरू प्रकाशन गर्ने विचार राख्नुभयो ।
    
समारोहका प्रमुख अतिथि वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीज्यूले आफ्नो शुभकामना मन्तव्यमा – नेपाल र विश्वका विभिन्न मुलुकहरूमा भएका कला क्षेत्रको विस्तृत विवरणहरूमा प्रकाश पार्नुभयो । उहाँले भन्नुभयो, कलाको विभिन्न विधाहरू ः मुहार चित्र, दृश्य चित्र र रेखा चित्रहरूमा स्व. केशव दुवाडीज्यूले पु¥याउनुभएको विभिन्न महत्वपूर्ण कार्यहरूको चर्चा गर्ने क्रममा नेपाल राष्ट्र बैँकबाट निष्काशन गरिएका विभिन्न मूल्यको नोटको डिजाइनहरू तयार गर्ने, विभिन्न किताबहरूको लागि आवश्यक आवरण चित्रहरू तयार गर्ने, विभिन्न देव देवीहरू, स्वदेश तथा विदेशका विशिष्ट व्यक्तिहरूका मुहार आकृतिहरू तयार गर्नुभएको थियो । तर यस्ता कलाकारहरूको समुचित सम्मान सरकारी स्तरबाट हुन नसकेको कुरामा दुखेसो पोख्दै स्व. केशव दुवाडीज्यूको हुलाक टिकट सरकारबाट यथाशीघ्र प्रकाशित गरिनेछ भन्ने विश्वास व्यक्त गर्नुभयो ।
    
प्रतिष्ठानका अध्यक्ष तथा उक्त समारोहका सभापति श्री प्रदीपकुमार दुवाडीज्यूले स्वागत गर्नुभएको थियो । सदस्य सचिव श्री रमेश खनालज्यूले समारोहमा आमन्त्रित सम्पूर्ण कलाकारहरू एवम् विशिष्ट व्यक्तिहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । उक्त समारोहलाई ललितकला केन्द्रीय विभागका प्रा. श्री गोकुल लिम्बूज्यूले बडो रोचक ढंगले सञ्चालन गर्नुभएको थियो ।
...

All Comments.......


Please Login/Register To Comments