यज्ञबहादुर कार्की
वातावरणमा स्वच्छता नभइ मानवमात्र हैन अन्य प्राणी जगतको स्वच्छता र बिकाश संम्भव हुदैन । यसै मुल तथ्यलाइ स्वीकार्दै आज विश्व नै वातावरण स्वच्छता र शृष्टीका सुन्दर संरचना गर्दै वन तथा वन्यजन्तुलगायतका अन्य जीवहरुको बिकाश र सुरक्षाका अनुसन्धानमुलक खोज तथा बिकाशमा तल्लीन हुदै गइरहेका छन् ।
हामीकहाँ बेग्लै छ । विश्वका कम र अल्प बिकसित मुलुकहरु त झनै यस बिषयमा गम्भीर चासो लिइ तदरुकताका साथ बातावरण स्वच्छ राख्न तल्लीन छन । वास्तवमा भन्ने हो भने वातावरण विनाश र प्रदुषणयुक्त प्रकृति बनाउने अवस्थामा नेपाल अगाडि नै छ र स्वच्छता र बिकाशमा भने पछि पर्दै जाने पनि निश्चितनै छ । बन विनाश पनि वातावरण प्रदुषणको धेरै कारणहरुमध्ये एक मानिन्छ । यसैबाट वातावरणमा असर पर्न जाने कुरामा कसैको द्दौत मत हुनै सक्दैन ।
सहरका गल्लीगल्लीमा थुप्रिएका फोहरका डंगुरहरुले वातावरण स्वच्छता छ भन्नेमा हाँसो देखाएकै छन जनताले । वन वातावरणसमेतलाई लिएर सरकारले वातावरण सम्वन्धी वन विनाश रोकथाम सम्वन्धी कानुन, नियम र सजगता सम्वन्धी कार्यहरु यदाकदा कार्यान्वयन गर्ने गरेको देखिन्छ । सरकारी निकायलगायत संघसंस्था र गैर सरकारी संघ सस्थाहरुका यस बिषयमा थोरबहुत आलोचना र कमी कमीजोरीहरुको बिश्लेषणको ब्याख्या नगरी धरै छैन । अपितु सरकारी क्षेत्रका तदनुकुलका परिस्थितिहरुमा बिकासमा केवल डाटावेशमा उच्चतम भएका देखाइएता पनि यथार्तका धरातलमा ती सबै नगन्य र आलोच्य नै छ्न । अर्थात् प्रमाणका आधारमा नै भन्ने हो भने पनि जो कोहीलाइ यी तथ्यहरुकाबारेमा र  सरकारका कार्यक्रम र प्रगतीकाबारेमा गहिरो तहसम्मगई हेर्न, जान्न, बुझ्न र तदनुकुल भए नभएका मनन गर्न अनुरोध गरिन्छ ।  
नेपालमा हामीले समग्र रुपमा हेर्दा यहाका बिकाश पछाडि पर्नुका धेरै कारणहरुमध्ये भ्रमका खेती गर्नेहरु नै बढी हुने हुन भन्दा अतियोशक्ति नमानौ । प्रथमतः सरकारी निकायहरुमा “योग्य मानिस योग्य ठाँउ “भन्ने नै लागु छैन । एकातर्फ पार्टीका राजनैतिक कार्यकर्ताहरुको भर्ती केन्द्र सरकारी निकायहरुमा भरमार भएका छन । सुरुसुरुमा आफ्ना ज्वाई, भतिजा छोरा, साला, जेठान राख्ने भएकोमा पछि विकृति बढदै गई कार्यकर्ताहरुले पनि स्थान बनाउन पाएका छन भने अर्को्तर्फ तिनीहरु यथास्थान औगटदै जमाए पछि (त्यस ठाँउमा पुगेपछि) जनताको सर्बोपरि हित र आफ्ना दाइत्व र कर्तव्यलाई पछाडि धकेली व्यक्तिगत स्वार्थमा नै तल्लीन भएका हुन्छन । कानुनी तथा गैर–कानुनी कार्य गर्न सफल त्यस्ता कार्यकर्ताहरु बढी सेटिङ्ग्मा रहेका देखिएका छन । जनताले त्यस्ता उपर जन बिरोध या आन्दोलनका बाटो तय गरी त्यसैबाट डिलेट गर्न पनि सकिरहेका छैनन (बिभिन्न बलत्कारी र हत्या अपहरणका केशहरुमा तिनीहरुका मतियारहरुलाई ) स्थानीय तहमा भ्रष्टाचारहरुमा यस कार्यको बढी छ । मनन गर्न सकिएला । अपराधलाइ सेटिङ्ग मिलाएर फसाउने, मिलाएर रुपैयाँ असुल्ने, नपाए  फसाउने र फर्जी बनाएर सजाए दिलाउने कृया पनि नेपालमा बढिरहेको पाइन्छ । सरकारसंग के छ त त्यस्ता उपर कडा भन्दा कडा सजाए दिइने र सही छानबिन गर्ने तरिका ? माथिका वर्णन भएका कुरा (समझदारलाई ईसारा काफी) अपराधलाइ सेटिङ्ग मिलाएर, कानुनी बाटो छलेर गरेका कार्य सरकारी जिम्वेवार कर्मचारीहरुका ऐथेष्ट उदाहरणहरु बेलाबखत मिडियाहरुले नउठाएका हैनन । तर के ती सबै मिडीयाहरु निष्पक्षिय, निर्भिक ईमान्दार र जिम्वेवार छन त ? बेलाबखत मिडियाहरुमाथि पनि प्रश्न नउठने गरेका छैनन । “,सर्पको खुट्टा सर्पले नै देख्छ“ भने झै छ कतिपय घटना दुर्घटनाका तथ्यहरु । बङ्गाएर भ्रम पनि गरेका छन । पित पत्रकारीता गर्नेहरुको माहौल र कथा चाहि अर्कै छ । जे होस सबै नराम्रा नै छन भन्ने दुरासय चाहि होइन । तर राम्राको बहुमत कम र खरावी गर्नेहरुको बढी चाहि पक्कै छ । बहुमतलाई नेता महोदयले स्विकार्ने भने पक्कै हो चाच्चै यथार्थ कुरा राख्ने हो भने २०४२ सालदेखी धेरै मिडीयामा लेखिरहने र २०४२ सालदेखी नै कानुनको पेशा अपनाउने म र म जस्ता कतिपयको हविगत र हैसियत कहाँ कस्तो छ र दुईदामे हवादारीका यसैमा के कस्ता उच्च हैसियत र मर्यादा बनिसकेको छ मैले लेखिरहनु परेन । त्यसैले कार्यकर्तामा नबनेकाको दुःख बेग्लै होला ? पेशागत धर्मलाई न छाडने हो भने बडो मजाको बात यो छ कि यस्तालाई न लोभ, न डर भएर नै सत्यको बाटोमा अलमलमा उनीहरु परेका छैनन ।
बदलिएको प्रसङ्गलाई छाडेर लागौ वातावरण सुधारतर्फ नै । नेपालमा पनि वातावरण बन तथा बन्य जन्तुहरुका बिनाश र सर्वनाश भएका र बन फडानी काठ पैठारी हुने चोरी निकाशी र अबैध सिकार जस्ता घटनाहरु कमै समाचारमा आँउने गरेका छन । खैर जे होस, तत् सम्वन्धमा हेर्ने, पारदर्शिता कायम गराउने जिम्वेवारी बोध गर्ने र गराउने जन बिश्वासको धरातल मजवुत राख्ने तत सम्वन्धमा अन्य बिशेष निकायहरु गठन हुन आबश्यक छ । तर सरकार भने यस कुरमा जागरुक नै भएको पाइदैन । ब्युरोक्रेसीका उच्च तहका पदाशिनहरु त्यस बिषयमा गम्भीरता नै लिदैनन । अन्यथा वातावरण स्वच्छताको प्रश्न नउठाउँदा नै बेश मानीने छ । आजको समय लोकतन्त्रमाथी बिश्वास राख्दै अघि बढने युग हो । तर नेपाल भने बिभिन्न घटना र परिघटनाले बिश्व रङ्गमञ्चमा रङ्ग्गीइसकेको छ र गैर–कानुनी धन्धा गर्नेहरुको अखडा हो भनि परिचित भैसकेको छ । त्यसैले यहाँ हुने जुनसुकै घटनाहरुको मनोबैज्ञानिक कारण खोज्न र सही जाँचबुझ गरिनु । जरुरी छ, नत्र भने हात्तको देखाउने दाँत र लुकाउने दाँत भन्ने झै अबिश्वाशले जनतामा जरा गाडदै गएपछि फेरि उखेल्न गारो पर्दछ र बिकाशको गती पनि धिमा हुन पुग्दछ । बेलैमा सचेत भया समझदार जती ।

...

All Comments.......


Please Login/Register To Comments